Categories: बाल कथा

“शत्रु”

खगेन्द्र बस्याल
तिलोत्तमा ९ सरस्वती पथ,रुपन्देही

धेरै बर्षपछि दैलातुङ्ग फाँटमा भेट भएका उदयले सार्थकलाई दुई दिनको बसाइमा २२९ बर्ष पुरानो अन्नपुर्णेश्वर महादेव मन्दिरको दर्शन गराउनुको अतिरिक्त नजिकका गाउँहरु उर्लेनी,टङ्लिहवा,बारिचौर र मौवाखर्क घुमाए। घुम्ने क्रममा उनलेे प्रगति गर्न सकिएन,मेरो मनमा शान्ति र मुहारमा कान्ति हुन पाएन भन्ने दुखेसो पोखे। के गरे मेरो भाग्योदय होला भनेर जिज्ञासा पनि राखे । उदयको त्यो कुरा सुनेर सार्थकले भने “तपाईंका चार ठूला शत्रु रहेछन् । मलाई स्पष्टै थाहा भयो ।

तीबाट आजै देखि टाढा रहने प्रयास गर्नुस् ,तपाईंको जीवनले काँचुली फेर्ने छ ।” उदयले सोधे ” मेरो प्रगतिको बाधक को को रहेछन् चिन्नु भयो ,म तिनीहरूलाई त्यसै कहाँ छोड्छुर!” सार्थकले सम्हालिएर बोल्ने सल्लाह दिँदै भने” तपाईंको बिचारमा आफ्ना शत्रुहरु को को देख्नुभयो ?” उदयले अनुमान लगाउँदै भने” पक्कै पनि मेरो ख्यालमा हरिलाल ,मोतीलाल,मालती र गजवीर हुनुपर्छ ।” सार्थकले भने” कठै,उहाँहरुलाई पनि मैले चिन्ने अवसर पाएँ। उहाँहरुलाई त्यसो ठान्नु भयो भने तपाईंलाई पाप लाग्न सक्छ । आफ्ना सक्कली शत्रु चिन्नु भएकै रहेन छ।” उदयले आश्चर्य मान्दै सोधे ” तपाईंले थाहा पाउनु भएका मेरा शत्रुहरु बताउनुस् त ?” सार्थकले जानकारी दिए” रिस,डाहा,मपाई र मद्यपान तपाईंका महान शत्रु रहेछन् । यसबाट आजैदेखि टाढा रहने कोशिस गर्नु हुन्छ कि!”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

10 hours ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

10 hours ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

1 day ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

1 day ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

2 days ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

2 days ago