Categories: बाल कथा

‘कलम’

पदम पौडेल
रत्ननगर, चितवन

बाह्र कक्षाको अन्तिम परीक्षाको परीक्षाफल प्रकाशित भएकोमा विद्यार्थीहरू खुसी थिए । यहाँ पढेर भविष्य सुन्दर नहुनेमा उनीहरू विश्वस्त थिए । कुन देश जाँदा राम्रो हुन्छ भन्ने कुराको छलफलमा व्यस्त थिए । उनीहरूको इच्छा र सरहरूको सल्लाहमा विदेश भासिनका लागि तयार भए । कक्षाकी अविश्वसनीय छात्रा कृस्टिना राम नजिकै आएर गुरु सम्झना स्वरूप हजुरको त्यो कलम दिनुस् न भनिन् । चुकजस्तै अमिलो मन बनाएर कलम दिए । वर्षहरू बित्दै गए गुरुका ।
कोही आएको अनुभूति भएर, नयनका धमिलो ज्योतिलाई चम्किलो बनाउन चस्माको साथ लिँदै उतैतिर हेर्छन् । सरकारी पोसाकमा सजिएकी युवतीले चिने जसरी नमस्कार गर्दा हेरेको हेरै हुन्छन्, गुरु । उनलाई सहज बनाइन आफू कृस्टिना हो भनेर ।


सरकारी पोसाकमा तिमी ? उनी अप्रत्याशित रूपमा प्रश्न गर्छन् । “हजुरको कारणले आफू यो अवस्थामा पुगेको भन्छिन् ।” अचम्मित हुँदै पुनः प्रश्न गर्छन्, कसरी ?
“तिमीहरूको जन्म, देशको जनसङ्ख्या बढाउन र विदेश भासिनका लागि भएको हैन। विदेशमा बगाउने रगत पसिना आफ्नै जन्म भूमिमा बगायौ भने हामी पनि प्रगतिका पथमा बढ्न सक्नेछौँ।” गुरु, हजुरको यही वाणीले गर्दा नयाँ सिप तथा प्रविधिका बारेमा थप अध्ययन र अनुसन्धान गरेर विदेश त्यागी मातृभूमिको विकासमा लाग्ने निर्णय गरेको भनिन्।
नयनका नजर पर्ने स्थानमा आकर्षक फ्रेममा सजाएर राखेको हजुरको कलमले मन विचलित हुँदा सधैँ मार्ग निर्देशनको काम गर्यो । आज जन्मभूमि सेवाको पहिलो दिन हजुरकै कलम बाट सुरु गरौँ भनेर माग्न आएकी, उनी भन्छिन् ।
युवाहरू विदेश पलाएन भइरहेको अवस्थामा आफूलाई रोकेर देश विकासका लागि दृढ सङ्कल्प बोकेकी कृस्टिनालाई खुसीका साथ कलम उपहार दिँदै तिम्रो जस्तो सोच सबै युवाहरूमा आओस् भन्दै आशीर्वाद दिन्छन् ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

11 hours ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

11 hours ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

1 day ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

1 day ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

2 days ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

2 days ago