गंगा खड्का
बूढानीलकण्ठ ,काठमाडौं
छोटो दिन छ पुसको
प्यारो लाग्छ घाम
सकिँदैन घाममा बस्न
छोडी पढ्ने काम।
घाम देख्दा बाहिर निस्की
लाग्छ मन बस्न
माली गाईको घिउ ल्याई
हातगोडामा घस्न।
सुन्तलाको केस्रा अनि
बदामको दाना
घाममा बसी खान मलाई
लाग्छ एक माना।
बल्लतल्ल आज
आयो शनिबार
खुसी बोकी मेरो लागि
अनौठो र अपार।
सुमन कडरिया चितवन विद्यालयको ७५ औँ हीरक जयन्ती भव्य रूपमा मनाइँदै थियो। समारोहकै बीच पूर्वविद्यार्थी…
समर भण्डारी गोलबजार३,जम्दह तीन दिनदेखि अविरल पानी परिरहेको थियो। खोला उर्लियो, घर–आँगन डुबायो। रातभरि गाउँमा…
इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…