Categories: कविता

“प्यारो शनिबार”

रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ

हप्ता दिनमा मुस्किलले
पाइने उपहार
थाकेकालाई आराम दिन्छ
प्यारो शनिबार

बिहानभरि ओच्छ्यानमा
पर्दै लम्पसार
ढुक्कसँग सुत्न पाइने
प्यारो शनिबार

लगाउनु पर्छ अब
दुःख, चिन्ता पार
डुल्ने, घुम्ने दिन हो आज
प्यारो शनिबार

कस्तो रह्यो हप्ता हाम्रो
बारीतिर काम गरौँ
उखेलेर झार
नुहाउन जाऔँला अनि
प्यारो शनिबार

कति सुत्या ? उठ्ने होइन ?
भन्छिन् तारन्तार,
केको आँखा खुल्थ्यो आमा,
प्यारो शनिबार

रमाइलो गर्नु नै हो
जिन्दगीको सार
हाँसौँ, खेलौँ, नाचौँ, गाऔँ
प्यारो शनिबार ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

परीक्षा

सुमन कडरिया चितवन विद्यालयको ७५ औँ हीरक जयन्ती भव्य रूपमा मनाइँदै थियो। समारोहकै बीच पूर्वविद्यार्थी…

17 hours ago

वर्षाको वितन्डा

समर भण्डारी गोलबजार३,जम्दह तीन दिनदेखि अविरल पानी परिरहेको थियो। खोला उर्लियो, घर–आँगन डुबायो। रातभरि गाउँमा…

17 hours ago

“झरी”

अम्बिका धिताल कालो यो मेघ गड्याङ र गुडुङ गगन ढाकेर पर्यो है झरी यो छातीभरि…

2 days ago

“छोरी”

रेवतीरमण सापकोटा ओदालगढी, असम छोरीहरू मनोरम,कोमल कविता हुन्। छन्द-छन्दमा लयवद्ध प्रयासमा लेखिने शिखरिणी, मालिनी, शालिनी…

2 days ago

“झरी”

केशव नेपाल बलेफी-८, लामोसाँघु ,सिन्धुपाल्चोक “आमा, आज खेत नजानुस्, झरी परेको छ।” “नजाऊँ भने बाख्रा…

3 days ago

परीक्षाको डर

इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…

3 days ago