Categories: बाल कथा

“शिक्षक”


गंगाराम ढकाल

सम्पूर्ण बुद्धि, तर्कशक्ति लगाएर शिक्षकले आफ्नो विषयवस्तुलाई स्पष्ट पार्ने कोशिस गर्छ । यदि उसले त्यो विषयवस्तुलाई बुझाउन सकेन भने विद्यार्थीहरूले फेरि कहिल्यै बुझ्न सक्नेछैनन् वा बुझ्ने समय पाउनेछैनन् । सबै श्रेणीका सम्पूर्ण विद्याथीहरूको भविष्य उसको परिश्रममा भर पर्छ । उनीहरूको भविष्य निर्माण गरिरहेको छ, ज्ञानको बाटोतिर तिनीहरूलाई बढाएर । उसले विद्यार्थीहरूलाई बुझाउन सक्नुमा नै उसले बुझेको सार छ, अन्यथा बुझेको कुनै प्रयोजन छैन । यो राम्ररी थाहा छ । त्यसैले कराउँदै जान्छ, घाँटीका नसाहरूसमेत फुल्दै जान्छन् ।
घन्टी बज्छ । सधैँझैँ चक र हाजिरकापी हातमा च्यापेर ऊ कक्षा कोठाबाट बाहिर निस्कन्छ । उसलाई अनुभव हुन थाल्छ, घाँटी सुकिरहेको छ— पानी पिउछ र आफ्ना पुराना केही किताबहरू च्यापेर घरतिर छिटोछिटो लाग्छ । बाटो लामो छ, मानिसहरू छिटोछिटो हिँडिरहेका हुन्छन् । तर जब उसलाई देख्छन्, “लौ गुरु बा आउनु भएछ, नमस्ते सर” । भन्दै सडकमा मानिसहरू मुसुमुसु हाँसिरहेका हुन्छन् । ऊ आफ्नो शरीर हेर्छ, केही खराबी त छैन ? कोट जुत्ताभरि चकको घुलैधुलो छ, टकटकाउँछ, सितिमिति कहाँ चकको धुलो झर्ने हो र ! …. भोलि फेरि उहीँ क्रम दोहोरिन्छ, महिनौ अनि बर्षौ बित्छ।
उसका विद्यार्थीहरू कोही मन्त्री भए, कोही डाक्टर, प्रशासकीय हाकिम, कोहि बिदेशमा पिआर र ग्रिनकार्ड पाएका छन । ऊ भने अझै विद्यार्थीहरूकै माझ दिनभरि जोतिएको गोरु जस्तै छ । आफ्नै वरिपरि कसैका कैयौँ तले अग्ला घरहरूको मालिक भइसकेका छन् तर उसको भने उही कोट र पाईन्ट र सानो घरको झुपडी मै रमाउँछ । चिया दोकान, बाटो, चौपारीमा राम्रो डाक्टर, ईन्जिनियर, नेता, हाकिम भनेर प्रशंसा भईरहेको सुन्ना साथ कान ठाडो पार्दै खुशीको मुन्द्रामा कुरा थप्दै भन्छ, “मेरो जेहन्दार विद्यार्थी थियो,, मलाई विस्वास छ अझै प्रगति गर्छ । म उसकै गुरु …. ढुक्क छु ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

ढोका

सुमन कडरिया चितवन राति अबेरसम्म छोरी घर नफर्किएपछि आमाको ध्यान बारम्बार ढोकातिर थियो। उनले फोन…

19 hours ago

“शरद् छ मस्त”

गणेश आत्रेय मदनपोखरा,पाल्पा हिलो र मैलो सुक्यो हरायो। वर्षा गयो लौ शरद् उदायो॥ हराभरा छन्…

19 hours ago

जन्मदिन

ह्रदय लेकाली ए समीरका बाबा, "भोलि छोराले मेरो जन्मदिन मनाइदिनुपर्छ भनेर कचकच गरेको छ के…

19 hours ago

प्रतिज्ञा

पुण्यप्रसाद घिमिरे आदित्य गाउँमा बस्थ्यो । ऊ सानै र अबोध भएकाले जे मन लाग्यो त्यही…

2 days ago

“पश्चाताप”

माहेश्वरी भट्ट देख्छ्याै पक्कै, मनविच आहा, भावना उर्लिएकाे। हाँस्दै बोल्दै, स्नेह ममता, प्रेमले कुर्लिएकाे।। छाती…

2 days ago

बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो

काठमाडौँ, असोज ५। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले…

2 days ago