निमा छिरिङ भोटिया
जलढाका कालेबुङ भारत
जाडोको महिना छ। सबै केटाकेटीहरू न्यानो घामको न्यानो लिँदै परको मैदानमा खेलिरहेका छन। यसैमा किरन र सीता केही कुराहरू गरिरहेका छन्।
हातले परतिर देखाउँदै किरन भन्छ ___”तिम्रो घरभन्दा त हाम्रो घर कति ठूलो छ हेर त ___!”
सीता रिसाउँदै बोल्छिन् —“ए तिम्रो घर ठूलो भएर के गर्नु ___? हाम्रो घरमा जति मान्छेहरू त छैनन्।” “अनि हाम्रा त सबै अहिले पैसा कमाउन बाहिर गएका छन नि ___!”भन्दै बीचैमा किरन बोल्छ।
“हाम्रो पनि भोलिपर्सि सबै ठूलो भएर तिमीहरूको जस्तै धेरै पैसा कमाउन जान्छन् नि । अनि तिमीहरूको भन्दा हाम्रो ठूलो अनि अग्लो घर बनाउँछौँ नि ___!” भन्दै कुरामा कुरा थप्छे सीताले।
“तिमीहरू त सबै सान छौं। हाम्रो त सबै तिमीहरूको भन्दा कति ठूला छन्।” भन्दै उ घमण्डी बनेको देखेर बीचैमा सीताले भन्छे ___”तर अहिले त तिम्रो ठूलो घरमा तीन जना त छन्। हाम्रो त अहिले पनि छ जना छ नि ! यसैले हामी कति खुशी छौँ। यस्तै खुशी भोलिपर्सि तिमीहरूको भन्दा बेसी हाम्रोमा हुन्छ।”
सीताको कुराले किरन चुपचाप हुन्छ।
“लु भयो तिम्रो जित। अब स्कूल जाने बेला हुन आँट्यो होला।
अब हामी जाउँ।” भन्दै किरन अघि लाग्छ। अनि सीता पनि उसैको पछि पछि आ -आफ्नो घरतिर लाग्छन्।
घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…
शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…
शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…
गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…