Categories: बाल कथा

केटाकेटीका कुरा


निमा छिरिङ भोटिया
जलढाका कालेबुङ भारत

जाडोको महिना छ। सबै केटाकेटीहरू न्यानो घामको न्यानो लिँदै परको मैदानमा खेलिरहेका छन। यसैमा किरन र सीता केही कुराहरू गरिरहेका छन्।
हातले परतिर देखाउँदै किरन भन्छ ___”तिम्रो घरभन्दा त हाम्रो घर कति ठूलो छ हेर त ___!”
सीता रिसाउँदै बोल्छिन् —“ए तिम्रो घर ठूलो भएर के गर्नु ___? हाम्रो घरमा जति मान्छेहरू त छैनन्।” “अनि हाम्रा त सबै अहिले पैसा कमाउन बाहिर गएका छन नि ___!”भन्दै बीचैमा किरन बोल्छ।
“हाम्रो पनि भोलिपर्सि सबै ठूलो भएर तिमीहरूको जस्तै धेरै पैसा कमाउन जान्छन् नि । अनि तिमीहरूको भन्दा हाम्रो ठूलो अनि अग्लो घर बनाउँछौँ नि ___!” भन्दै कुरामा कुरा थप्छे सीताले।
“तिमीहरू त सबै सान छौं। हाम्रो त सबै तिमीहरूको भन्दा कति ठूला  छन्।” भन्दै उ घमण्डी बनेको देखेर बीचैमा सीताले भन्छे ___”तर अहिले त तिम्रो ठूलो घरमा तीन जना त छन्। हाम्रो त अहिले पनि छ जना छ नि ! यसैले हामी कति खुशी छौँ। यस्तै खुशी भोलिपर्सि तिमीहरूको भन्दा बेसी हाम्रोमा हुन्छ।”
सीताको कुराले किरन चुपचाप हुन्छ।
“लु भयो तिम्रो जित। अब स्कूल जाने बेला हुन आँट्यो होला।
अब हामी जाउँ।” भन्दै किरन अघि लाग्छ। अनि सीता पनि उसैको पछि पछि आ -आफ्नो घरतिर लाग्छन्।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

प्रतिज्ञा

पुण्यप्रसाद घिमिरे आदित्य गाउँमा बस्थ्यो । ऊ सानै र अबोध भएकाले जे मन लाग्यो त्यही…

19 hours ago

“पश्चाताप”

माहेश्वरी भट्ट देख्छ्याै पक्कै, मनविच आहा, भावना उर्लिएकाे। हाँस्दै बोल्दै, स्नेह ममता, प्रेमले कुर्लिएकाे।। छाती…

19 hours ago

बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो

काठमाडौँ, असोज ५। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले…

19 hours ago

‘स्याहार योजना’

विपद् प्रभावित बालबालिकाको संरक्षणका लागि ‘स्याहार योजना’ कार्यान्वयनमा, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालन उद्धार…

2 days ago

“युवाशक्ति”

शोभा कोइराला युवा हुन् देशका तारा युवा हुन् देशका प्यारा न होऊ है युवा हाम्रा…

2 days ago

प्रयास

सुमन कडरिया चितवन सागिर्द आँगनमा खेलिरहेको थियो। खेल्दाखेल्दै उसको नजर एउटा सानो कमिलामाथि पर्यो। कमिलाले…

3 days ago