Categories: बाल कथा

शिक्षा


सुरेशकुमार पाण्डे
दाङ घोराही

“बाबु नानी हो! हाज हामीले केही ज्ञानका कुरा गर्ने छौँ।”- माष्टर हुकुमसिहँ क्लास भित्र प्रवेश गर्दै भने। “हस् सर “-सबै बालबालिकाले सँगै भने। ” स्याबास !”-बच्चाहरूको समर्थनले उनी प्रसन्न हुँदै भने। “अब हाम्रो परीक्षा संघारमै आएको छ। त्यसैले पढाईमा लापर्वाही कत्ती गर्नु हुँदैन होकी होइन ?”- हुकुमसिहँले सोधे। “हो सर “- सबैले एक मुष्टमा भने। “गुड् ! हाम्रो समाजलाई ध्रुमपान मदिरापान र सुर्ती जन्य पदार्थ लागु औषधले नोक्सान गरेको हुन्छ।यसले हाम्रो स्वास्थयमा नराम्रो प्रभाह पारेको हुन्छ। सुर्तिजन्य चिजले स्थयलाई रोगी बनाई दिन्छ। त्यो मात्र होइन समाज घरपरिवारमा एक प्रकारको कलह नै पैदा गर्द छ। यी बस्तुहरूको उपयोग ठिक होइन।”-मास्टर हुकुमसिहँले ध्रुमपान र मदिरापान सम्बन्धी बिस्रित रूपमा क्लास चलाए र ब्लेकबोर्डमा पनि लेखे। सबै बालबालिकाहरूले आ आफ्नो कापीमा नोट गर्न थाले। उनले खल्तीबाट गुठ्का निकालेर मुखमा राख्दै बाहिर निस्किए। उनको यो व्यवहार देखेर सबै बालबालिका उनैतिर ट्वाल परेर हेरे। एकछिन पछि मास्टर हुकुमसिहँ घुमेर क्लास रूममा प्रवेश गर्दा उनी छक्क परे क्षणभर ब्लेकबोर्ड नियाले सर्मिन्दा भए र चुपचाप बाहीरिए। भित्र ब्लेकबोर्डमा उनले नोट गरेका शब्द सँगै उनैको गुट्खा खाँदैगर्दाको चित्र बनाईएको थियो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

13 hours ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

14 hours ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

14 hours ago

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

2 days ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

2 days ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

3 days ago