Categories: कविता

“शिवशक्ति”


भगवती शर्मा

कुन साधु भयो कुन चोर भयो
नचिनी नचिनी मन अन्त गयो
शिवशक्ति भएपछि सत्य चिन्यो
यदि छैन भने मति भ्रष्ट भयो।

शिवको महिमा मनमा नहुँदा
विष खानु प-यो मन दिक्क भयो
विषले नछुँदा सब छक्क भयो
यदि चिन्न सके अझ मिल्छ सुधा।

शिव भूमि छ यो अनि शान्त थियोे
अब भङ्ग भयो मति भ्रष्ट भयो
कुन शत्रु पसे कुन कारणले
सब भस्म भयो अनि कष्ट भयो।

पशुको जति बुद्धि भएन किन
सब छन् धनमात्र बटुल्न किन
विष हुन्छ प्रसाद अचेल किन
शिव भक्ति भएन कि आज किन।

न गणेश कुमार सपूत बुझ्यो
न त ज्ञान न सत्य बुझेन बुझ्यो
झुट हुन्छ वरिष्ठ पवित्र भन्यो
शिवको गरिमा नचिनेर कुद्यो।

 

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

परिणाम

धनसिंह विश्व गेजिंग, पश्चिम सिक्किम त्यही दिनदेखि आर्यनले बुवाको अनुहार हेर्नु त के बोलेकै थिएन।…

10 hours ago

-एकत्व

विवेक शर्मा गौतम टोखा-३,काठमाडौं “हजुरबा, त्यो रुख किन रोएको जस्तो देखिन्छ ?” आर्यनले सोध्यो। हजुरबाले…

11 hours ago

मोबाइलको छायाँ

इन्दु उपाध्याय हेलेम-मिसामारी,आसाम साँझको समय थियो। रोशन कार्यालयबाट फर्किएपछि सोफामा बसेर मोबाइलमा व्यस्त थियो। सामाजिक…

1 day ago

टोपी

अन्जु शर्मा रातोपुल टोपी हिलाम्मे थियो । हिलाम्मे भएका कारण टोपी कस्को भनेर छुट्टाउन कठिन…

1 day ago

“धर्म”

गणेश आत्रेय मदनपोखरा,पाल्पा धर्मको नाममा। अन्धविश्वासमा॥ आपसी द्वन्द्वमा। लड्नु के व्यर्थमा! मानवी सभ्यता। धर्मको भव्यता॥…

2 days ago

अभिन्न

बिन्दु पौडेल वस्ती भरतपुर -२, चितवन गाउँको बीचमा ठूलो चौतारो थियो । गोठालाहरू लोक दोहोरी…

2 days ago