शिवशक्ती


विवेक शर्मा गौतम

“बाजे,निराकार शिवलाई किन शक्तिको स्रोत मानिन्छ ?” चोकमा दनदनबलिरहेको आगोको धुनी अगाडि बसेर नातिले बाजेलाई सोध्यो।
बाजे मुस्कुराए, “तँ विज्ञानको विद्यार्थी , उत्तर तॅं भित्र छ , आफैँ भन् ।”
नातिले धुनीलाई छोडेर राति आँगनमा बस्यो। आकाशभरि ताराहरू टल्किरहेका थिए। उसले सम्झियो । ऊर्जा न त सिर्जना हुन्छ, न त नष्ट; केवल रूपान्तरण मात्र। यही त ऊर्जाको संरक्षणको नियम हो। देखिँदैन, तर सबैलाई चलायमान राख्छ। बिजुली तारभित्र देखिँदैन, तर बल्ब बल्छ। गुरुत्वाकर्षण देखिँदैन, तर पृथ्वीले सबैलाई अँगालेर राख्छ।
साँस भित्र–बाहिर हुन्छ । अक्सिजन देखिँदैन, तर जीवन धड्किरहेको हुन्छ। मस्तिष्कका न्युरोनहरूमा सूक्ष्म विद्युतीय संकेत दौडिरहेका हुन्छन्। ब्रह्माण्ड पनि त त्यस्तै हो।
ब्रह्माण्डको मूल ऊर्जा जस्तै रहेछ। देखिँदैन, तर सबैतिर व्याप्त। सृष्टि, स्थिति र लय । सबै ऊर्जा चक्र जस्तै।”
अदृष्य,प्रभावशाली र भावना!
बाजेले भने, “किनकि शक्ति आकारमा सीमित हुँदैन। विज्ञानले ऊर्जा भन्छ, अध्यात्मले शिव ।”

सारथि बाल पत्रिका

Recent Posts

बालबालिका सम्बन्धी ऐन संशोधन विधेयक : डिजिटल हिंसादेखि बाल न्यायसम्म नयाँ व्यवस्था प्रस्ता

काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…

19 hours ago

अस्तित्व

चम्पा दिवस राई दक्षिण सुखिम छेवैमा उभिएर ढकमक्क फुलेका गदवारीलाई हेर्दै पारिजातले भन्यो -- "फूलहरुको…

19 hours ago

“सहयोग गरौँ”

शोभा कोइराला सहर छैन उजाड भयो स्थिति कहरमा असरल्ल छ बेथिति विरहनिम्ति सदा जसरी जुटौँ…

19 hours ago

“तीज”

देव भट्टराई हाम्रो प्यारो तीज आयो घुमेर। हाँसौँ खेलौँ कर्मलाई चुमेर ।। साथीसङ्गी नाच्न आओ…

2 days ago

पुरस्कार

सन्दर्भ वालदिवस राजन् कार्की पाजु धरान सुनसरी कौशिला ए, कौशिला ! कहाँ छेस् हँ ?…

2 days ago

उज्ज्वल भविष्य

सुमन कडरिया चितवन विद्यालयको वार्षिक नतिजाको समीक्षा बैठक चलिरहेको थियो। एक शिक्षकले प्रधानाध्यापकसामु भने -…

2 days ago