वसन्त अनुभव
वसन्तविहार,घोराही
सबै साथी मिलेर
श्रम आज गरौँ न,
आफ्नो देश आफैँ नै
सीपले भरौँ न।
बलिया यी पाखुरा
काम गर्न उठून् है,
गर्न देश विकास
सबै हात जुटून् है।
जब बग्छ पसिना
जन्मभूमि माटोमा,
तब देश बढ्दछ
समृद्धिको बाटोमा।
सानो ठुलो हुँदैन
संसारमा इलम,
समान छन् हरेक
कोही छैनन् है कम।
धनराज सिलवाल ज्ञानी बन छात्र -छात्रा बढाउँदै आफ्नो ज्ञान बोक लक्ष चन्द्र छुने बढाउँदै आफ्नो…
रामप्रसाद पन्थी रेसुङ्गा न पा २, गुल्मी कल्ले पाे जान्याे भावीकाे खेल ईश्वर महिमा बनेर…
ईशान सुवेदी कक्षा ११, बूढानीलकण्ठ स्कुल, काठमाडौँ "नाटक मानवीय अस्तित्वको साङ्केतिक चित्रण गर्ने माध्यम हो…
गणेश आत्रेय मदनपोखरा,पाल्पा भोटेकोशी किन कुपित भइस् गर्जिइस् उम्लिएर। बस्ती गाडी पुल सडक सबै ध्वस्त…