धनराज सिलवाल
ज्ञानी बन छात्र -छात्रा
बढाउँदै आफ्नो ज्ञान
बोक लक्ष चन्द्र छुने
बढाउँदै आफ्नो शान।
फूलले झैँ सुवास छर
जीवनभर तिमी यहाँ
मातापिता गुरुजनलाई
ईश्वरीय शक्ति ठान।
समयको ख्याल गर
भोलि बाद छोडिदेऊ
बदलिदिने भाग्य तिम्रो
वर्तमान हो तिमी जान।
अनुशासन सुन्दर गहना
पहिरिदेउ सधैँ सधैँ
अनुसरण सधैँ गर
बढ्ला पक्कै तिम्रो मान।
सिक पाठ बकुल्ला र
बिरालुको एकाग्रता
ग्रहण गर नैतिक गुण
बुझ जीवन उभो लान।
दया माया करुणाले
मुक्ति हुन्छ जीवनको
मानवता बुझी गर
जगतमै ठूलो दान।
अझ पनि जगतमा
निरक्षर छन् कति कति
पुग त्यहाँ शिक्षा बनी
मनले मानी ठूलो धाम।
वसन्त अनुभव वसन्तविहार,घोराही सबै साथी मिलेर श्रम आज गरौँ न, आफ्नो देश आफैँ नै सीपले…
रामप्रसाद पन्थी रेसुङ्गा न पा २, गुल्मी कल्ले पाे जान्याे भावीकाे खेल ईश्वर महिमा बनेर…
ईशान सुवेदी कक्षा ११, बूढानीलकण्ठ स्कुल, काठमाडौँ "नाटक मानवीय अस्तित्वको साङ्केतिक चित्रण गर्ने माध्यम हो…
गणेश आत्रेय मदनपोखरा,पाल्पा भोटेकोशी किन कुपित भइस् गर्जिइस् उम्लिएर। बस्ती गाडी पुल सडक सबै ध्वस्त…