संगत


धनसिंह बिश्व
गेजिङ प० सिक्किम

बाटोमा मौरी र झिँगो बिच घनिष्ठ मित्रता भयो।
मौरीले साथी झिँगोलाई आफ्नो घर लग्यो । मौरीको घरभित्र पस्ने बित्तीकै झिँगो रिसाउँदै भन्छ, “मलाई त निसास्सिएँ झैँ भयो नि। उफ! के गनाएको साथी? तिम्रो यो मधु गनाएर टाउको दुख्यो, रिंगटा लाग्यो। बान्ता आउन आँट्यो। अब म बस्न सक्दिनँ साथी। म बाहिर जान्छु साथी तिम्रो घरमा एकक्षण बस्न सक्दिनँ।” झिँगो रिसाउँदै लरबरिन्दै मौरीको घारबाट बहिर निस्कियो। मौरी पनि आफ्नो घारबाट बहिर निस्केर भन्यो, “पर्खन साथी केही त खाएर जाऊ। मेरो घरमा आएर केहि खानेकुरा भएन।” “के छ र खानु म गएँ” झिँगो रिसाउँदै हिँड्यो। केही समय पछि फेरी भेट भयो।
झिँगोले खातेदार गर्दै भन्यो, “ओहो मित्र ! आज मेरो घर जाँउ अतिथि सत्कार कसरी गरिन्छ म सिकाउँछु।” मौरी साथीलाई आफ्नो घर लिएर हिँड्यो। उड्दै गएर कुनै मरेको जनावर गनाउने सिनो माथि पुर्यायो।
मौरी बस्नु त के छेउमा नपुग्दै बान्ता गरी नाक छोप्दै भाग्यो।