Categories: बाल कथा

संस्कार


सृजना घिमिरे ढकाल
काठमाडौं

कुरुक्षेत्रमा पाण्डव र कौरवबीचको युद्धको शङ्खनाद भयो।
यता हस्तिनापुरमा दृष्टिविहीन धृतराष्ट्रले वर्तमानमा घटेका घटनालाई नियाल्न सक्ने क्षमता भएका सञ्जयलाई आफ्ना छोराहरूले कसरी युद्ध गर्छन् भनेर जान्ने इच्छा व्यक्त गरे।
धृतराष्ट्रको त्यो मूर्खतापूर्ण इच्छा देखेर सञ्जयले सोधे –”रोक्न सक्नुहुन्न युद्ध? आफ्नै विनाशको?”
धृतराष्ट्रले जवाफ फर्काए –”म विधाता होइन, स्वयं भगवानले त आफ्नो कर्म गर्नुपर्छ।”
सञ्जयले भने –”जन्मदाता त हो, आफ्नै छोराहरूलाई रोक्न सक्नुहुन्न?”
धृतराष्ट्रले पछुतो व्यक्त गर्दै भने –”सही र गलत छुट्याउन सक्ने संस्कार दिन नसक्ने बाबु हुँ म। मलजल नै गलत गरेपछि राम्रो फलको आशा कसरी गरूँ?”
सञ्जयले कौतूहलता व्यक्त गरे –”ल, रोक्न सक्नु भएन छ, तर युद्ध हेर्ने इच्छा किन?”
धृतराष्ट्रले मलिन आवाजमा बोले –”सही र गलत संस्कारले पार्ने प्रभाव जान्ने इच्छा छ।”
सञ्जयको कौतूहलता झन् बढ्यो –”युद्ध त आफैंमा घातक हो, युद्धमा संस्कार कहाँ देखिन्छ?”
धृतराष्ट्रले उत्तर दिए –”संस्कार देखिने भनेको नै समस्यामा हो, सहजतामा त सबै राम्रा हुन्छन।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

11 hours ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

12 hours ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

1 day ago

“सबै मेरा साथी”

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…

1 day ago

छोरी, गर्भमा नआउ ..

निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…

3 days ago

सहमति

अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…

3 days ago