Categories: बाल कथा

संस्कार

धनसिंह बिश्व
गेजिङ प० सिक्किम

स्कूल जान र पढ्न पटकै मन पर्दैनथ्यो। कक्षा पाँचमा ओ.टी.सरले गहिरो निलडाम बस्ने गरी लौरोले सुम्ल्याएपछि स्कूल सम्झन्दै मन अमिलो भएर दुख्नथाल्यो।
गाईको चारो काट्दै गरेकी आमाको छेउँमा गएर भने “आमा! म स्कूल नजाँदा हुन्न के ? आजदेखि हजुरलाई काम सघाउने, घरै बस्ने”।
आमाले रिसाउँदै ठुलो स्वरमा भन्नुभयो ” के हरे, स्कूल नजाने रे ? अचेल के भएको छ तँलाई”?
मैले सोंचेकोथे, मेरी आमाले खुसी भएर काखमा राख्दै भन्नुहुन्छ “ठिकै छ नी त बाबु, घरै बस्नु, मेरो पनि घरमा साथी छैनन्” भनेर तर उल्टै आमालाई कोनि कताको भूत उड्यो। बाँसको भाटा टिपेर पिठ्यूँमा सुम्ल्याउदै भन्नुभयो “स्कूल नजाने अरे ! मेरो लागि पढदैछस् ? हामी जस्तै अन्पढ भएर यो जमानामा के गरी खाउँला भन्नै छ तँलाई”?
कता-कताबाट भाटा बज्यो छल्ने र भाग्ने मौकै परेन। चार पाँच भाटा भेट्ने बित्तिकै छिट्छिटो भाग्दै भनेँ ” भयो भयो..! म स्कुल जान्छु.. जान्छु, घर बस्दिन आमा म जान्छु”। रुँदै एकै क्षणमा स्कूलको लुगा लगाए अनि किताब बोकेर फटाफट हिँडेँ।
बेलुका घर आएँ। आमा सिकुवामा बसेर के सोँच्दै मलाई पर्खीबसेकी थिइन्। घरभित्र छिरेर लुगा फेरे अनि कराईमा भुटेर राखेको माम पक्कापक्की खाँदैथेँ। आमाले तातो दुध एक कप दिँदै छेवैमा आएर भन्नुभयो “अझै घर बस्ने”?
मैले टाउको हल्लाउँदै “बस्तिनँ” भन्ने संकेत गरेँ अनि किताब झीकेर पढ्न बसेँ।
बेलुकी आमाले के सोच्नुभयो कोनि मलाई काखमा राखेर नौनी घिउ पिठ्यूँको डामहरु माथि दल्दै रुदै भन्नुभयो ” तँ बजियाले त्यति खोजेको। भेटिस् हैन ? तँ बाहेक मेरो यस दुनियाँमा को छ र ? तेरो बुवले पनि तँलाई सम्झनाको नासो गर्भमै छाडेर गए। यो गिद्द र ब्वाँसोहरुदेखि आफुलाई बचाएर बाँचेको छु, बाबु”।
मलाई नरमाइलो लाग्यो। आमाको आँखामा हेर्दै सान्त्वना दिँदै भनेँ ” आमा सरी। अबदेखि म स्कूल कहिल्यै जान्न भन्दिन। अनि धेरै पढेर हजुर जस्तै धेरै आमाहरुको आँशु पुछ्ने छोरो हुन्छु”।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

17 hours ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

17 hours ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

2 days ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

2 days ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

2 days ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

3 days ago