दुर्गा घिमिरे
र .न पा- १४
हाम्रो तिर रिजल्ट भयो सबै जना पास
साथी तिम्रो के भयो कस्तो थियो आश?
पोहोर साल प्रथम थिएँ अहिले तल खसेँ।
बिरामीले थला परी धेरै दिन घरमै बसेँ।
मेरो दाजु प्रथम भए बहिनी गईन तिनमा
भुइँमा खुट्टा छैन हेर कुरा फेर्छिन छिनमा
हजुरबालाई फकाएर धेरै पैसा मागेँ
देख्छिन भनी बहिनीले सुटुक्क नै भागेँ।
नयाँ कक्षा शुरु हुने किताब कहिले लिने?
राम्रो राम्रो कथा किताब बहिनीलाई दिने
भोलि हामी स्कुल जाने दर्ता गर्न नाम
मिल्छ भने हिड् साथी तिमी पनि जाम।
सुमन कडरिया चितवन विद्यालयको ७५ औँ हीरक जयन्ती भव्य रूपमा मनाइँदै थियो। समारोहकै बीच पूर्वविद्यार्थी…
समर भण्डारी गोलबजार३,जम्दह तीन दिनदेखि अविरल पानी परिरहेको थियो। खोला उर्लियो, घर–आँगन डुबायो। रातभरि गाउँमा…
इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…