Categories: बाल कथा

संस्कार

त्रिलोचन ढकाल
आनन्दआश्रम,फापरथुम-स्याङ्जा

“गुहार ! गुहार !!”
राम मायाले चर्को आवाजमा गुहार मागेको सुनियो । टोलबासीहरू जम्मा भए र सहयोग गर्न थाले । त्यही रिम बहादुर पनि थिए । उनले भनिरहेका थिए- “के गर्नु मूर्ख भएपछि यस्तो हुँदो रहेछ ।”
यो सबै देखिरहेका मदनले भने -“समय मै पढाएको भए यस्तो हुँदैनथ्यो होला ।”
“पढाएको हो नि हजुर ! डिग्री पास गरेको छ ।”
“डिग्री ?!” मदनले आश्चर्ययुक्त प्रश्न गरे ।
रिम बहादुरले थपे-“म निरक्षर भए पनि छोराले पढोस् भनेर दुःख गरेँ । ठण्डी गर्मी नभनिकन हात खुट्टा ढुुङ्गा, इटा र ब्लकले डामेर यसलाई पढाएँ । राम्रै पढेको थियो ।”
“आज के भएको हो त ?” मदनको जिज्ञासा पोखियो ।
“भाउजू बोक्सी लागिन् रे । भाउजुलाई बोक्सी भनेर सधैँ रडाको गरिरहन्छ ।”
रिम बहादुरले आँसु टिलपिल पार्दै गुनासो सुनाए ।
“बोक्सी हुँदैन।मान्छेलाई बोक्सी भन्नु अत्याचार हो र अन्धविश्वास हो ।” मदनले आफ्नो विचार व्यक्त गरे।”बोक्सी हुन्छन् भन्ने कुरा मैले पनि मान्दिन सर !सत्तरी वर्षको भएँ अहिलेसम्म बोक्सी लाग्यो भनेर गुनासो गर्न परेको छैन।”  रिम बहादुरले आफ्नो अनुभव सुनाए ।
“तपाईँ निरक्षर हुनु समय बिपरित मानिदैन । छोरो डिग्री पास गरेको भए पनि मूर्ख र अन्धविश्वासी हुनु समाज र देशको निम्ति घातक कुरा हो ।” मदनले प्रवाहित गरे ।
“लौ न सर ! यसको उपचार के होला ? आज त भाउजुको घरमा आगोसमेत लगाइदियो ।” दिक्दारिले भिजेको मुखमण्डलका साथ रिम बहादुरले जिज्ञासा राखे ।
यो सुनेपछि मदन पोखिए- “बच्चादेखि भए शुसंस्कार दिने हो, अब दण्ड ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“शरद्को सुन्दरता”

मोहन प्र घिमिरे शान्तिनगर, शिद्धिचरण मार्ग, वानेश्वर आयौ शरद् घरैमा आनन्दको छ बेला मीठो समीर…

21 hours ago

“बाबा घर फर्की आऊ न”

उषा बस्ताकोटी खनाल जूनमामा आफ्नै घर फर्की आउँछन् तारा पनि आफ्नै घर झल्मलाउँछन् दशैँ आयो…

22 hours ago

बालबालिकाविरुद्ध हिंसा अन्त्यसम्बन्धी राष्ट्रिय कार्यशाला

बालबालिकाविरुद्ध हिंसा अन्त्यसम्बन्धी राष्ट्रिय कार्यशालामा मन्त्री सिता बादीको सहभागिता, “बालबालिकाको सुरक्षा र सम्मानमा कुनै सम्झौता…

22 hours ago

शत्रु

बलराम दंगाल रत्ननगर, चितवन हाल–अष्ट्रेलिया साँझ पर्न लागेको थियो। असफलताले थाकेको युवक पीपलको रूखमुनि बसेका…

2 days ago

“गुण”

ह्रदय लेकाली बोल्दैन लाटो जब बोल्न थाल्छ ढुङ्गा र माटो पनि बोल्छ थाल्छ त्यो जून…

2 days ago

“विद्यार्थीहरूप्रति”

आत्माराम न्यौपाने तिम्रा साना कर-कलमले लेख्छ नौलो भविष्य तिम्रा साना मृदु नयनले देख्छ सम्पूर्ण विश्व…

2 days ago