नेत्र प्रसाद न्यौपाने
पाल्पा , दर्लमडाँडा
” लौ बाबा कली त आईसकेको ह्रैछ होइनत !” पुराण प्रवचन सुनेर फर्केको छोराले बाउसँग भन्यो ।
” हो त जतासुकै कली व्याप्त भएकोले सज्जनहरुलाई बाँच्न मुस्किल भईसकेको छ । ” बाउले थपे – ” मान मर्यादा, ईज्जत्, समवेदना, दया, करुणा, दान, क्षमा, मानवता आदिजस्ता मूल्यहरु हराईसके।”
“उसोभए हामी कलिले नभेट्ने स्थानमा जाउँ र शास्त्रीय मर्यादामा बसौँ हुन्न र ?” छोरोचाहिँले यसो भनेसि कुनै पवित्र स्थानको खोजीमा दुबै बाउछोरा सामल बोकेर निस्के । रात परेपछि एउटा पौवामा बास प-यो । बाउले साधारण खाना पकाए, दुबैले खाए । जब भाँडा माझ्ने सुरसार हुँदैथियो । छोरोले भन्यो – ” बाबा छिटो सुतेर भोलि छिटो उठ्नु छ , हजुरले ताउली खसखस्याई हल्नुस म दाबीलाे फ्याँक्छु , अनि सुतौँ । ” यस्तो सुनेपछि बाबुले भने – ” हामी अब कलीले नभेट्ने स्थानमा पुग्दैनौँ, किनकि म आफैँले कलीलाई सँगै लिएर हिंडेको रहेछु अब घर फर्किए हुन्छ ।”
काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…
रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…
पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…
धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…