नेत्र प्रसाद न्यौपाने
पाल्पा , दर्लमडाँडा
” लौ बाबा कली त आईसकेको ह्रैछ होइनत !” पुराण प्रवचन सुनेर फर्केको छोराले बाउसँग भन्यो ।
” हो त जतासुकै कली व्याप्त भएकोले सज्जनहरुलाई बाँच्न मुस्किल भईसकेको छ । ” बाउले थपे – ” मान मर्यादा, ईज्जत्, समवेदना, दया, करुणा, दान, क्षमा, मानवता आदिजस्ता मूल्यहरु हराईसके।”
“उसोभए हामी कलिले नभेट्ने स्थानमा जाउँ र शास्त्रीय मर्यादामा बसौँ हुन्न र ?” छोरोचाहिँले यसो भनेसि कुनै पवित्र स्थानको खोजीमा दुबै बाउछोरा सामल बोकेर निस्के । रात परेपछि एउटा पौवामा बास प-यो । बाउले साधारण खाना पकाए, दुबैले खाए । जब भाँडा माझ्ने सुरसार हुँदैथियो । छोरोले भन्यो – ” बाबा छिटो सुतेर भोलि छिटो उठ्नु छ , हजुरले ताउली खसखस्याई हल्नुस म दाबीलाे फ्याँक्छु , अनि सुतौँ । ” यस्तो सुनेपछि बाबुले भने – ” हामी अब कलीले नभेट्ने स्थानमा पुग्दैनौँ, किनकि म आफैँले कलीलाई सँगै लिएर हिंडेको रहेछु अब घर फर्किए हुन्छ ।”
मोहन प्र घिमिरे शान्तिनगर, शिद्धिचरण मार्ग, वानेश्वर आयौ शरद् घरैमा आनन्दको छ बेला मीठो समीर…
उषा बस्ताकोटी खनाल जूनमामा आफ्नै घर फर्की आउँछन् तारा पनि आफ्नै घर झल्मलाउँछन् दशैँ आयो…
बालबालिकाविरुद्ध हिंसा अन्त्यसम्बन्धी राष्ट्रिय कार्यशालामा मन्त्री सिता बादीको सहभागिता, “बालबालिकाको सुरक्षा र सम्मानमा कुनै सम्झौता…
बलराम दंगाल रत्ननगर, चितवन हाल–अष्ट्रेलिया साँझ पर्न लागेको थियो। असफलताले थाकेको युवक पीपलको रूखमुनि बसेका…
आत्माराम न्यौपाने तिम्रा साना कर-कलमले लेख्छ नौलो भविष्य तिम्रा साना मृदु नयनले देख्छ सम्पूर्ण विश्व…