Categories: विविध

सङ्कल्प

भूमिका गैरे, तिमिल्सिना
गैंडाकोट ४, नवलपुर

“न नेपालको पढाइ मिल्यो। तेत्रो वर्ष घोटिएर पढेँ। हरेक प्रतिस्पर्धामा खरो उत्रिए।” संङ्कल्पले सोच्यो।
“देशको परिस्थिति पनि त्यस्तै रह्यो,बस्नै सकिएन। पारिवारिक स्थिति पनि तेस्तै। न रोजगार, न कुनै आयमूलक काम नै।” फेरि थप्यो , “नेपालमा बस्ने वातावरण देखिन। ऋणधन गरेर छिरे ठूलै देश अस्ट्रेलियातिर। यहाँ फेरि पढ्न शुरु गरे।”
“दु:ख, सङ्घर्ष त कति कति? काम पढाइ गर्दै पढेँ। न बेलामा सुत्नु छ , न त खानु नै।अर्काको देशमा चिनेजानेको कोही छैन?” आँफैसँग बिलौना गर्यो।
“तै पनि भोलिको भविष्य छ भन्दै खटिएँ । साहुको ऋण तिर्न हम्मे हम्मे पर्यो। खाइ नखाई चोख्याएँ ।” ” आँफू जन्मिएको, हुर्किएको ठाउँ , पाखा , पखेरा सम्झन्छु। वैराग लाग्छ , त्यो खेल्ने , खाने , डुल्ने उमेरमै जिम्मेवारीको भारी बोकेर विदेशिए।”
“घरपरिवार सम्झदा , रुन मन लाग्थ्यो तर आफैँ सम्हालिन्थे। खोजी भविष्यको थियो। काम गरिरहे एकसुरले।”
ती बुढी आमा आउने बाटो कुर्दी हुन्। मन हुँदाहुँदै पनि पि. आर. ले रोक्यो मलाई। सुन्दर सपना बुन्थे, कुनै दिन हामी पनि राम्रै मान्छेमा गनिनेछौँ। हामी प्रति अरुको हेर्ने दृष्टिकोण फेरिने छ। समाजमा मैहुम भन्नेको स्तरमा पुग्नेछौँ। एकालाप गर्यो।
“यत्रो मिहिनेत गरेर पढेँ। यो पढाइको स्थान नेपालमा पनि भईदिए कति राम्रो हुन्थ्यो?” मनोवाद गर्यो संङ्कल्प।

सारथि बाल पत्रिका

Recent Posts

शून्यको यात्री र रित्तो सेतो छडीको रोदन

रोजिना घिमिरे अन्धकारको यो अनन्त सुरुङभित्र उभिएर म आफ्नै अस्तित्वको ढकढक्याहट सुनिरहेको छु। गुरु, तपाईँले…

6 hours ago

“पुतली”

गणेश आत्रेय मदनपोखरा,पाल्पा फुरफुर पुतलीले नृत्यलीला चलाई। सकल सुमन चाली मोजमा अल्मलाई॥ मधुर सुमन रोजी…

6 hours ago

पुलेसो

बिन्दु पाैडेल वस्ती भरतपुर -२, चितवन पहाडको फेदमा सम्म परेको फाँट थियो । खेतीयोग्य जमिन…

6 hours ago

मायाप्रेम

शुक्रराज कुँवर धरान १० प्रसव पीडाले रेखा साह छटपटाइरहेकी थिइन्। प्रसुति कक्षमा नर्सहरू आ-आफ्नो जिम्मेवारीमा…

1 day ago

एकता

तुलसी पण्डित आमा यता हेर्नू न यी कमिलाहरूको करामत, आमाले दृष्टि पुर्याउनु भयो । त्यहाँ…

1 day ago

परिणाम

धनसिंह विश्व गेजिंग, पश्चिम सिक्किम त्यही दिनदेखि आर्यनले बुवाको अनुहार हेर्नु त के बोलेकै थिएन।…

2 days ago