मनीषकुमार शर्मा ‘समित’
मध्यपुर ठिमी, भक्तपुर
“बाबा, यिनीहरू किन बाटोमा छाडिएका?”
बाटोमा छाडा छाडिएका चौपायाहरूलाई इङ्गित गर्दै सानो छोराको प्रश्न थियो।
“थारा, बेत बसेका वा दूध दिन छोडेका र बिरामी गाईगोरु बेवारिस अवस्थामा छोडिदिन्छन्।“ – मैले उसको जिज्ञासालाई मेटाउन कोशिस गरेँ। मेरा कुरा उसले अलि बुझेन । सजिलो गरी अर्थाउने प्रयास गरेँ –
“यिनीहरू काम नलाग्ने भएर छाडेको।”
“अनि यिनीहरू के खान्छन् त ? कहाँ बस्छन् त ? यसरी बाटोबिचमा बस्दा दुर्घटना हुँदैन त ?”
उसको प्रश्नहरूको ओइरो लाग्यो। एक एक गरी जवाफ दिँदै अघि बढ्दै थिएँ , ऊ टक्क रोकियो र पुनः प्रश्न तेर्सायो –“यिनीहरू पनि काम नलाग्ने भएर छाडिएका हुन् ?” मैले उसले औंलाएतिर हेरेँ।
सडकपेटीमा बेसहारा महिला-पुरुषहरूको झुन्ड थियो।
चेतनाथ दाहाल ज्ञानी भइ राम्रोसँग पढ बाबू नानी राम्रो लक्ष लिई अधि बढ बाबू नानी…
फेसबुक कवि बैत्यश्वर-६,दाेलखा कुरा बुझ बाबु नानी, बाबा भन्नुहुन्छ, ओैलाभाँच्दै आमा पनि, कामै गन्नुहुन्छ। चाँडै…
Group A Pts मेक्सिको 3 दक्षिण कोरिया 3 चेक रिपब्लिक 1 दक्षिण अफ्रिका 1 Group…
लालबहादुर भुजेल लमजुङ हली दाइले हिलाे साउँदा टण्टलापुर घाम, झमझम पानी पर्ने असार मासकाे याम।…
युगल बसेल सन्धिखर्क तुम्कोट टुकुर टुकुर टुकुर टुकुर मेरो आँगनैमा हिँड्छन् बाबु मिठो हाँसो सँगाली…