बिनोद प्रसाद ढकाल
इनरुवा , सुनसरी
गाउँको सानो झुपडीमा श्याम बस्दथ्यो। उसको परिवार गरिब थियो, तर श्यामको आँखामा ठूला सपनाहरू थिए। ऊ हरेक बिहान सबेरै उठेर नजिकैको सरकारी विद्यालयमा पढ्न जान्थ्यो। किताबहरू किन्न पैसा थिएन, त्यसैले श्याम पुराना पुस्तक, पत्रिका र अरू कसैले दिएका कापीहरू बटुलेर पढ्थ्यो। एक दिन कक्षामा शिक्षकले सोधे, “श्याम , तिमी किन सधैँ भुइँमा बसेर पढ्छौ ? बेन्चमा किन आउँदैनौ ?” श्यामले नम्रतापूर्वक भन्यो, “गुरुज्यू, मसँग बस्ने बेन्च छैन। तर मलाई पढ्न मन लाग्छ, त्यसैले जहाँ पाए त्यहीँ बस्छु।” शिक्षक मुसुक्क हाँस्नुभयो। श्यामले शिक्षकले पढाएको कुरा ध्यान दिएर सुन्थ्यो र घरमा गएर त्यसैलाई दोहोर्याएर पढ्थ्यो। उसका साथीहरू नयाँ कापी-कलम लिएर आउँदा कहिलेकाहीँ श्यामलाई नरमाइलो लाग्थ्यो। एक दिन उसको साथी घनश्यामले सोध्यो, “श्याम , तिमीसँग किन सधैँ एउटै कापी हुन्छ ? नयाँ किन्दैनौ ?” श्यामले मुस्कुराउँदै भन्यो, “मलाई यही कापीले पुग्छ,घन श्याम। मुख्य कुरा त मन लगाएर पढ्नु हो नि, होइन र ?” उसले कहिल्यै हार मानेन। ऊ ढुङ्गामा बसेर, घामको उज्यालोमा अक्षर चिन्थ्यो। एक दिन जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिताको घोषणा भयो। श्यामलाई भाग लिने ठूलो इच्छा थियो। उसले दिनरात मेहनत गर्यो, विषयवस्तुमा गहिरो अध्ययन गर्यो। प्रतियोगिताको दिन श्यामले आत्मविश्वासका साथ आफ्नो प्रस्तुति दियो। प्रतियोगिताको निर्णायक मण्डलका एक सदस्यले सोधे, “बाबु, तिम्रो यस्तो उत्कृष्ट प्रस्तुतिको प्रेरणा के हो ?” श्यामले भन्यो, “मेरो प्रेरणा मेरो गरिबी हो, सर। म यो गरिबीलाई शिक्षाको माध्यमबाट चिर्न चाहन्छु।” परिणाम घोषणा हुँदा श्यामको नाम पहिलो स्थानमा थियो। पुरस्कार स्वरूप उसले छात्रवृत्ति पायो। त्यो दिन श्यामको मात्रै होइन, उसको परिवारको पनि सपनाको बिउ अंकुरायो। उसकी आमाले अँगालो हालेर भनिन्, “बाबु, तेरो मेहनत सफल भयो! आज मलाई तँमाथि गर्व छ।”
सुमन कडरिया चितवन विद्यालयको ७५ औँ हीरक जयन्ती भव्य रूपमा मनाइँदै थियो। समारोहकै बीच पूर्वविद्यार्थी…
समर भण्डारी गोलबजार३,जम्दह तीन दिनदेखि अविरल पानी परिरहेको थियो। खोला उर्लियो, घर–आँगन डुबायो। रातभरि गाउँमा…
इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…
View Comments
I don't think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.