घनश्याम रेग्मी
मान्छे ठुलो काम गरी हुने हो
अल्छी छ जो आखिरमा रुने हो
बाजी जितेको कछुवा हिँडेर
जान्यौ तिमीले कि कथा पढेर।
सानातिना यी कमिला मिलेर
भारी घिसार्छन् सब जोडिएर
पुग्छन् हजारौं पर कोससम्म
सङ्घर्षले मार्ग गरेर सम्म।
थोपाहरू आपसमा मिलेर
खोला तथा सागर बन्छ हेर
शिक्षा यही चाल गरी बढाऊ
सङ्घर्षले जीवन पार लाऊ।
बेकार निन्दा पनि गर्न हुन्न
होच्याउँदा कत्ति ठुलो बनिन्न
आँखा गुमाए कसरी बसौला
शिक्षा हराए अझ दुःख होला।
तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…
घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…
अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…
योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…