Categories: कविता

परीक्षा दिँदैछन् यहाँ बाबुनानी


बसुन्धरा पौडेल

परीक्षा दिँदै छन् यहाँ बाबु नानी
मिलाएर लेख्ने परेको छ बानी
पढी प्रश्नको भाव बुझ्छन् र लेख्छन्
यही पुस्तिकाभित्र संसार देख्छन्।

कुनै प्रश्न लामा र छोटा कुनै छन्
दुबै तर्फका अर्थ लाग्ने कुनै झन्!
हुँदा लेखनीको यहाँ जाँच खास
चनाखो बनी बस्नुपर्ने छ आज।

भए बाबु नानी यता मग्न लेख्न
पुगे प्रश्नभित्रै नयाँ दृश्य देख्न
भरी टन्न पानाहरू थप्न आए
भयो भव्य यो लेखनी भन्न लाए।

यही लेख्न लाएँ निकै रङ्ग मानी
यिनै बाबु नानीहरू का कहानी
गयो जिन्दगी यो बसी साथ शिष्य
यिनै जूनतारा यिनै हुन् भविष्य।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

शिक्षा

अनिल गुरुङ गिंग लेबोङ बाबा, यो पालि म फस्ट भयो भने मलाई फोन किनी दिनु…

11 hours ago

“बाढी को कहर”

कृष्णशरण उपाध्याय पौडेल बाढी आइरहेछ गाउँ घरमा, चीत्कारमा देश छ गाना गाइरहेछ मृत्यु डरमा -…

11 hours ago

“मूना”

दुर्गा पाैड्याल मूना थिएँ ऐले म त ,बन्थेँ काेपिला फक्रिएर भाेलिपर्सि ,शुभास छर्दथेँ मलाई देख्दा…

12 hours ago

मध्यरातको त्यो सर्प

इन्दु उपाध्याय विश्वनाथ, असम रातको पौने बाह्र बजेको थियो। घरभरि गहिरो सन्नाटा थियो। सबैजना निद्रामा…

1 day ago

आइसक्रिमका यादहरू

राजेन्द्र परदेसी हजुरबुबा छतमा बसेर पत्रिका पढिरहनुभएको थियो। त्यही बेला नाति आनन्द उहाँको नजिक आएर…

1 day ago

“नानी गरिमा”

शरद गौतम हे नानी गरिमा निमोठियौ तिमी बाल्यकालमा जसै इच्छा आकाँक्षा तिम्रा कति थिए उजाडभएनि…

1 day ago