Categories: बाल कथा

सफलता


लक्ष्मी रेग्मी खनाल
वालिङ स्याङ्जा

“मम्मा हेर्नू त! मैले कति राम्रो जि. पि ए ल्याएर पास गरेँ।”
म झसङ्ग भएँ। हात काँप्यो। शरिर लुगलुग भयो। मलाई खुसीभन्दा डर बढी लाग्यो। रातो अबिरले रङ्गिन निधार र खुसीले भरिएको उसको मुहार देखेर लामो सास फेरेँ।
जतिसुकै बेला मोबाइल र आइप्याडमा भुल्थ्याे। राती अबेरसम्म सुत्दैन थियाे। स्कुल बाहेकको समय किताबभन्दा बढी इन्टरनेट र विभिन्न डिभाइसहरूसँगै बिताउँथ्यो। छोराको यो हर्कतको कारण हामी श्रीमान् श्रीमतिबीच दिनहुँ झगडा हुन्थ्याे। मैलै सधैँ भन्थेँ।
-“छोरा ठूलो हुँदैछ हजुर उसको साथी बन्ने प्रयास गर्नु। शारिरीक र मानसिक चेतले मसँगभन्दा हजुरसँग खुल्न सक्छ।”
उहाँले भन्नु हुन्थ्यो!
-“तिमी त आमा! सालनालको नाता छ। ख्याल गर्नु । अफिस,घर दुबै मैलै कहाँ सक्छु ?”
उहाँ झर्किँदा निकै मन भारी हुन्थ्यो।
-“हुन त सन्तान बाबाआमा दुबैको जिम्मेवारी हो! तर पनि….! तिमीले पुस्तकहरू पढेको देखेर बाबूको पनि पुस्तकमै लगाव हुनसक्छ, भनेको तिमी मान्दिनाै। त्यही भएर छोरो पनि मोबाइलमै व्यस्त।”
मनमनै भन्थेँ !-सकेको गरेकै छु। साथी, आमा र अभिभावक सबै बन्ने।
-“मम्मा के भयो कता टोलाउनु भएको? मलाई थाहा छ मम्मा। मैलै मोबाइल ल्याबटप चलाउँदा हजुरहरूको मन दुख्छ। बाबा र हजुर बीच धेरै झगडा पनि भयो। मेरो फस्ट ट्रमको परीक्षाको रिजल्टले हजुरहरू त दुखी हुनुन्थ्यो। मैले पनि निकै गिल्टी फिल गरेको थिएँ । मैले मोबाइलमा फ्रिफाएर र पब्जी मात्रै खेलेको हैन मम्मा । मैलै युट्युबमा विभिन्न किसिमका पढाइमा सहयोग पुर्याउने भिडियो हेर्थेँ । मैलै गुगलमा धेरै कुरा खोजेर पढ्थेँ । हजुरहरुलाई सर्प्राइज दिन यो सब गरेको । त्यसैले त आज म आधारभूत तहको कक्षा आठको रिजल्ट आउँदा जिल्ला भरिकै उष्कृट भएँ । मलाई हजुरहरूको मिहेनत र लगानीले लगनशील बन्न सिकायो । अबका दिनहरूमा हजुहरूको सन्तान गर्व गर्न लायक बन्नेछु।”
बाबुले मलाई सम्झायो। पछाडीबाट आमाछोराको कुरा सुनिरहनु भएको श्रीमान्ले खुसीहुँदै भन्नुभयो।
-“आखिर छोरो कस्को?”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“भिखारी”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा फाटेको मुटु जतन गरी दुःखले सिलायो मागेर सधैं…

7 hours ago

उजाड

नन्दलाल आचार्य गोलबजार-४, सिरहा अँध्यारो कोठाभित्र चित्रकारको हात थरथर काँपिरहेको थियो । यद्यपि झ्याल बाहिरको…

7 hours ago

“ढोका”

ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…

7 hours ago

ढोका

सुमन कडरिया चितवन राति अबेरसम्म छोरी घर नफर्किएपछि आमाको ध्यान बारम्बार ढोकातिर थियो। उनले फोन…

1 day ago

“शरद् छ मस्त”

गणेश आत्रेय मदनपोखरा,पाल्पा हिलो र मैलो सुक्यो हरायो। वर्षा गयो लौ शरद् उदायो॥ हराभरा छन्…

1 day ago

जन्मदिन

ह्रदय लेकाली ए समीरका बाबा, "भोलि छोराले मेरो जन्मदिन मनाइदिनुपर्छ भनेर कचकच गरेको छ के…

1 day ago