रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ
बाआमाको प्यारो छोरा
हजुरबाको नाति
भाइबैनीको दाजु हुँ म
साथीको हुँ साथी
दाजुदिदी भन्नुहुन्छ
मेरो भाइ जाती
गुरुको म विद्यार्थी हुँ,
विद्यार्थी नै साथी
आफ्नो काम आफै गर्न
खट्ने दिनराति
गोठाला र खेताला हुन्
मेरा सङ्गीसाथी
मान्छे सानो भई के भो
ठूलो छ यो छाती
मेरा लागि गरिब अनि
धनी पनि साथी
हिमाल, पहाड, तराईलाई
चढाई फूलपाती
नेपालकै पूजा गर्छु,
नेपाली हुन् साथी।
निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…
अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…
सुदर्शन अम्बटे भाषा-भाषा भन्दै ज्यानै दिन्थ्यौँ हामी, अचेल हाम्रा नानीहरूलाई इङ्लिस लाग्छ दामी। नर्सरीको एस-मेस-ठेस'ले…
वसन्त अनुभव वसन्तविहार, घोराही दाङ चुलो हाम्रो खाली, रुँदै बस्यो भाँडो। भान्साभित्र आज, पस्यो फेरि…
गणेश आत्रेय मदनपोखरा,पाल्पा देवकी वासुदेवैको जेलको जिन्दगी कस्तो । ती विहेका दिनैदेखि के गरी बित्दथ्यो…