राम कृपाल महतो
गोलबजार-१२,सिमरा,सिरहा
“ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज सुनेर आमा झस्किइन्।
बाहिर प्रहरी, नेता र समाजसेवीको भीड थियो । सबैका हातमा प्लेकार्ड थियोे- ‘बलात्कारीलाई कडा कारबाही गर !’
आमाले ढोका अलिकति खोलेर सोधिन्, “छोरीको बयान लिन आएको हो ?”
नेताले छाती फुलाउँदै भने, “होइन, पहिले हाम्रो फोटो खिचिन्छ ।”
पत्रकारले क्यामेरा मिलायो । समाजसेवीले पीडित बालिकाको अनुहार छोप्ने कपडा हटाउन खोज्यो।
आमा तर्सिइन्, “किन ?”
“जनतालाई घटना देखाउनुपर्छ ।”
भित्र छोरी मौन थिइन् । उनको हातमा विद्यालयको प्रमाणपत्र थियो । उनले बिस्तारै भनिन्, “आमा, अपराधीको अनुहार त मैले चिनिसकेँ।”
सबै चुप भए।
“कसको ?” प्रहरीले सोध्यो।
छोरीले ढोकाबाहिर उभिएका भीडतिर औँला तेर्स्याइन्।
“जसले मेरो शरीर लुट्यो, ऊ एकपटक आयो; मेरो पीडा लुट्न तपाईँहरू दैनिक आउनुहुन्छ ।”
रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…
रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…
निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…
अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…
सुदर्शन अम्बटे भाषा-भाषा भन्दै ज्यानै दिन्थ्यौँ हामी, अचेल हाम्रा नानीहरूलाई इङ्लिस लाग्छ दामी। नर्सरीको एस-मेस-ठेस'ले…