सुरेशकुमार पाण्डे
दाङ घोराही १८

“कार्यक्रमको समय भएन र ?”-रमिताले अरूनलाई सुनाई।
ऊ अँझै बिस्तर मै थियो। भित्ताको घडीले आठ बजाउँनै थालेको थियो।
“रमिता एक कप चिया बनाउँ न !”-अरूनले बिस्तराबाटै हाई गर्दै भन्यो।
“उफ् ! अब चिया ! कार्यक्रमको समय आठ बजेको होइन र ? किन ढिला गरेको ?”-रमिताले चुलामा चिया राख्दै भनी।
“कस्ता कुरा गर्छ्यौ ? निर्धारित समयमा कहिल्यै मानिस जुटेको देख्याछेउ ?”-उसले प्रतिप्रश्न गर्दै भन्यो।” अरू न आएपनि आफु निर्धारित समया पुग्दा त राम्रै हुन्छ। सबै मानिस जुटेपछि त कार्यक्रम सुरू हुन्छ। अहिले हाम्रो आफ्नै पनि काम छ।”-रमिताले अरूनलाई सम्झाउँदै भनिन्।
“रमिता पनि सध्य रमिता ! अहिले सम्म आठ बजे भने पछि दश बजेसम्म कार्यक्रम सुरू हुँदैन । यो आफैँले भोगेका कुरा हुन्। अब दुइ घन्टा पहिले हामी पुगेर पो के हुन्छ। आफु मात्र पुगेर ट्वाल्ल परेर बस्नुभन्दा एक घन्टा पछि जाउँला।”-अरूनले रमितालाई व्याङ्ग्यत्मक सैलिमा भन्यो।
“बिचार गर्नोहोस् आफैँ ; हामी जान ढिला हुने अनि हामी जस्तै आर्थिक सङ्कटमा परेकाहरूले समुहबाट दाम लैजाने भयो भने अन्त ऋण खोज्ने ठाम पनि छैन। हजुरको काम रोकिएला बरू अलि छिट्टै गएपछि ढुक्क हुन्छ।”-रमिताले चियाको कप थमाउँदै भनी।
चिया पिएर अनि बाथरूम गयो नुहायो यति गर्दा नौ पनि बज्यो। ” रमिता तिमी तैयार छौ?”-अरूनले सोध्यो ।
“हजुर म त आठ बजे भन्दा पहिल्यै तयार भएको ।अब जाँदाजादै साडे नौ बच्छ। छिटै गरौँ।”-रमिता बाहिर निस्कंदै भनी। अरून पनि तैयार भयो र दुबैजना समुहमा पुगे।
“देख्यौ खै मान्छे आएका ?”-अरूनले रमिता तिर हेर्दै भन्यो।
“सर सबै गैसके हजुर ढिला हुनुभयो।”-अध्यक्षले अरून र रमिता तिर हेर्दै भन्यो।
“सदा त दश बजे बल्ल जुट्थे अहिले कति छिटो गरेको ?”-अरून आश्चार्य हुँदै भन्यो। “समय नै आठ बजेको थियो अनि सबै खिर्लिप्पै जुटे र दामपनि सबै चड्यो। अध्यक्षले रजिस्टर देखाउँदै भन्यो।
“उफ ! अब कता जाऊँ “?-अरूनले आफ्नो निदारमा हत्थकेलो बजार्दै भन्यो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

13 hours ago

डर

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "मम्मी भोक लाग्यो !"- पप्पुले आमाले पकाइरहेको कुरौनी देखेर भन्यो।"…

13 hours ago

सौगात

शिव कुमार रेग्मी पोखराथोक,पाल्पा सुन्दरीको पढाइ धेरै राम्रो थियो। उनले धेरै पढेर आमा-बुवाको नाम राख्न…

3 days ago

“बाल अठोट”

धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…

3 days ago

शून्यको यात्री र रित्तो सेतो छडीको रोदन

रोजिना घिमिरे अन्धकारको यो अनन्त सुरुङभित्र उभिएर म आफ्नै अस्तित्वको ढकढक्याहट सुनिरहेको छु। गुरु, तपाईँले…

4 days ago

“पुतली”

गणेश आत्रेय मदनपोखरा,पाल्पा फुरफुर पुतलीले नृत्यलीला चलाई। सकल सुमन चाली मोजमा अल्मलाई॥ मधुर सुमन रोजी…

4 days ago