Categories: बाल कथा

“समर्पण”

 


चम्पा दिवस राई
दक्षिण सुखिम

एउटा ठूलो बृक्ष थियो धेरै हाँङ्गा फैलिएका। एक दिन एउटा बालक बृक्ष भए ठाउँमा रुँदै आयो । मन्द-मन्द हावामा झुमिरहेका त्यो बृक्षले मायाको हातहरु सरर फैलायो उसका डालिहरु तल तिर झुकाई दियो बालकले सहारा पायो। त्यो बालक एकाएक रुन छाडेर बृक्षको डाली तिर फुलेका फूलहरु सित हाँस्दै खेल्न लाग्यो।
त्यो बृक्ष सँग त्यस बालकको प्रेम भयो । उ दिनहुँ त्यो बृक्ष भए ठाउँमा आउँन थाल्यो । सधैँ आउँथ्यो त्यही बृक्षको शीतल छहारी मुनि घण्टौँ खेल्थ्यो, हाँस्थ्यो ,रमाउँथ्यो । एवं रितले त्यो बालक बयस्क भईसके पछि त्यो बृक्षको मुनि कम आउन थाल्यो। ढिलो गरि आएको एक दिन त्यो बृक्षले त्यसरी ढिलो गरि आउनको कारण सोध्यो। उसले भन्यो –“जब म बालक थिएँ, त्यतिबेला मेरो कुनै चहाना थिएन न त कुनै स्वर्थ नै थियो। अब म बयस्क भइसकेँ मैले गर्न पर्ने धेरै काम – कुराहरु छन जसको निम्ति मलाई धेरै पैसाको आवश्यकता परेको छ।” उसको कुरा सुनेर बृक्षले केही झुकेर भन्यो-“अरे मुर्ख मेरो फलहरु तोडेर बजारमा लगेर बेच अनि आफ्नो आवश्यकताहरु पुरा गर।”
उसले भएभरको त्यस बृक्षको फलहरु तोडेर बजारमा लगेर बिक्री गरेर आएको पैसाले आफ्नो आवश्यकताहरु पुरा गर्यो । त्यपछि भने ऊ प्रायः त्यो बक्षको मुनि आउन छाड्यो।
धेरै दिन बादमा निन्याउरो अनुहार बनाएर त्यस बृक्षको मुनि आयो। बृक्षले उसको मनोभाव बुझेर फेरि सोध्यो–” भन साथी तिमीलाई के दुःख-तकलिफ भयो ।” उसले बृक्षलाई भन्यो -” अब हिउँदमा जाडोदेखि बाँच्न आगो बाल्ने दाउरा चाहिएको छ।” उसको कुरा सुनेर बृक्षले भन्यो –“तिमीलाई दाउरा चाहिन्छ भने मलाई फेदमा काटेर लैजाउ अनि तिम्रो आवश्यकता पुरा गर।”
तब उसले केही झस्केर भन्यो–” म तिमीलाई प्रेम गर्छु ,मबाट त्यस्तो काम हुन सक्दैन ।”
बृक्षले तब नम्र भएर भन्यो -” म पनि तिमीलाई निस्वार्थ प्रेम गर्छु, निस्वार्थ प्रेमले जहिले पनि पूर्ण समर्पण गर्न सिकाउँछ ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“मेरो साथी पुतली”

धनराज सिलवाल चितवन पुतली यो पुतली कति राम्री पुतली मेरो साथी पुतली बगैँचाकी सुन्दरी ॥…

9 hours ago

“मेरो बाबा”

शान्ति भण्डारी दाहाल दैलेख हाल बुद्धनगर काठमाण्डौँ मलाई धेरै मायाँ गर्ने मेरो बाबा हुनुहुन्छ स्कूलमा…

10 hours ago

अपेक्षाको कसिमा देश

रोहिणि रसिक आफ्नै बगैँचाभरि लालुपाते गोदाबरी फूल फुले मजाले खोज्लान् र को इङ्लिस फूल किन्न…

1 day ago

“प्रियाको गन्थन्”

मचिन्द्र खत्री म लागेँ माइत आज हो औँसी पिताजी भेट्नु छ तिर्सना मीठो त्यो बाल्यकालको…

1 day ago

गुरु

बलराम दंगाल रत्ननगर,चितवन हाल-अष्ट्रेलिया आज दिउँसो पुरानो हाजिरी पुस्तिका पल्टाउँदै गर्दा उनको नजर अर्जुनको नाममा…

1 day ago

सङ्गत

सुमन कडरिया चितवन "मेरो विगत र वर्तमान, जमिन आसमानको फरक !" आफ्नै कोठामा आराम गरिरहेको…

2 days ago