धनराज सिलवाल
चितवन
पुतली यो पुतली
कति राम्री पुतली
मेरो साथी पुतली
बगैँचाकी सुन्दरी ॥
फुलको थुँगा थुँगीमा
फुर्रफुर्र उडेर
सुगन्धको साथसाथै नाचेर
मलाई किन हँसायौ ?
मलाई सॅगै नचायौ॥
पुतली यो………सुन्दरी।
मलाई पनि मन छ
वास्ना छर्ने फूल बन्न
मलाई पनि मन छ
तिमी जस्तै उडन॥
पुतली यो………..सुन्दरी।
साथी भाइ मिलेर
किताब कापी च्यापेर
गुरूहरुको साथमा
बाह्रखरी पढेर।
फूल बनी फक्रन्छु
सुगन्धले लोभ्याउॅछु
ज्ञानी बनी यो देशलाई
विश्व माझ चिनाउॅछु ॥॥
पुतली यो……….सुन्धरी।।।
शान्ति भण्डारी दाहाल दैलेख हाल बुद्धनगर काठमाण्डौँ मलाई धेरै मायाँ गर्ने मेरो बाबा हुनुहुन्छ स्कूलमा…
रोहिणि रसिक आफ्नै बगैँचाभरि लालुपाते गोदाबरी फूल फुले मजाले खोज्लान् र को इङ्लिस फूल किन्न…
मचिन्द्र खत्री म लागेँ माइत आज हो औँसी पिताजी भेट्नु छ तिर्सना मीठो त्यो बाल्यकालको…
बलराम दंगाल रत्ननगर,चितवन हाल-अष्ट्रेलिया आज दिउँसो पुरानो हाजिरी पुस्तिका पल्टाउँदै गर्दा उनको नजर अर्जुनको नाममा…