“समिक्षा”

सुरेशकुमार पाण्डे

सरकारी स्कुल बन्दहुँने संगारमा पुगीसके जनताले आफ्ना बालबालिका महंगा प्राइभेट स्कुलमा पठाउँछन्। तर सरकारी स्कुलमा बालक पठाउँदैनन्। यसको गम्भिर समिक्षा हुनुपर्छ!-
जनार्दनले स्कुलको शुक्रवार आयोजित एउटा कार्यक्रमको मुख्य अथितिको रूपमा बोल्दै भन्यो।
स्कुलमा केही बालबालिका र गाउँलेहरूको उपस्थिति थियो।
एउटा तीन क्लासमा पढ्ने चञ्चल नामक विद्यार्थी सबैका कुरा गम्भिर भएर सुनिरहेकोथियो। ऊ स्वभाबले पनि अलि जिज्ञासु नै थियो।


सर गंम्भिर भएर समिक्षा होइन बरू व्यबहारिक रूपमा उतार्नुपर्ने आवश्यकता छ ! -चञ्चल बिचमै उठेर भन्यो।
के भन्न खोजेको बाबुले?
यहाँ उपस्थित हुनुभएका मध्यका कतिजनाका बालबालिकाले सरकारी स्कुल ज्वाइन गरेका छन् ? हात उठाउँ त अङ्कल !-चञ्चलको कुराले तरङ्ग पइदागर्यो।
हँ/हँ चञ्चलले ठिक भनेका छन्! सबैले आ आफ्ना हात उठाउँनुहोस् त कस्कसका बच्चाले सरकारी स्कुलमा अध्यायन गर्छन्।! – कार्यक्रमका अध्यक्षले चञ्चलको प्रस्तावमा समर्थन गर्दैभने।
त्यहाँ उपस्थित मध्य अध्यक्ष र एकजना अरू गरि दुईजनाले मात्र हात उठाए।
जनार्दनको सिर निहुरिएको थियो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“धन्यवाद”

पुण्यप्रसाद घिमिरे धन्यवाद धन्यवाद धन्यवाद सबैलाई धन्यवाद हावापानी घामजून सबैलाई धन्यवाद। धन्यवाद बाबा आमा, जन्म…

4 hours ago

विष

सुमन कडरिया चितवन “बुबा ! आज मानिसहरूले साच्चै नै हामीलाई भगवान् मानेर पूजा गर्छन् रे…

4 hours ago

अनुसाशन

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "विरेन्द्र भाइ त्यता कस्तो चलेको छ संगठन् ?"- रामप्रसादले प्रश्न…

1 day ago

सामर्थ्य

सुमन कडरिया चितवन एउटा घना जङ्गलमा एक दिन ठूलो सभा बोलाइयो। विषय थियो- “को चाहिँ…

1 day ago

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

3 days ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

3 days ago