Categories: कविता

“केके बन्नुछ”

 

फेसबुक कवि

मलाई के के बन्नु छ,
बालाई भन्नुछ,
सध‌ैं बाबा भन्नुहुन्छ,
खेत खन्नुछ ।
फिरफिरे उँडाएर
पाइलट बन्नुछ,
बाकसका गाडीहाँकी,
ड्राइभर बन्नुछ ।


राम्रा गीत कविता लेखी,
कवि बन्नुछ
झलमल प्रकाशले,
रवि बन्नुछ ।
मलाई के के बन्नु छ,
मालाई भन्नुछ,
सध‌ैं आमा भन्नुहुन्छ,
गुन्द्री बन्नुछ ।
नदी जस्तै सललल,
बग्ने मन छ,
रूख जस्तै माथि माथि,
बढ्ने मन छ ।
ढकमक फूलजस्त‌ै,
फुल्ने मन छ,
लहलह धानबाला
झुल्ने मन छ ।
मलाई के के बन्नु छ,
सबलाई भन्नुछ,
जे जे देख्छु नयाँ कुरा,
सबै बन्नुछ ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“धन्यवाद”

पुण्यप्रसाद घिमिरे धन्यवाद धन्यवाद धन्यवाद सबैलाई धन्यवाद हावापानी घामजून सबैलाई धन्यवाद। धन्यवाद बाबा आमा, जन्म…

5 hours ago

विष

सुमन कडरिया चितवन “बुबा ! आज मानिसहरूले साच्चै नै हामीलाई भगवान् मानेर पूजा गर्छन् रे…

5 hours ago

अनुसाशन

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "विरेन्द्र भाइ त्यता कस्तो चलेको छ संगठन् ?"- रामप्रसादले प्रश्न…

1 day ago

सामर्थ्य

सुमन कडरिया चितवन एउटा घना जङ्गलमा एक दिन ठूलो सभा बोलाइयो। विषय थियो- “को चाहिँ…

1 day ago

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

3 days ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

3 days ago