Categories: बाल कथा

समृद्धि

तुलसी पण्डित

जादा सर्ररर बसमा गइयो मुक्तिनाथ । फर्कदा विचार परिवर्तन भयो । हिंडेरै जाने निधो गरेँ । बाटोमा हिंड्दै गर्दा गाऊँको पनि अबलोकन गर्ने बिचार जाग्यो । मेरो पाइला गाउँ तिर बढे । जब म गाउँ पुगे आश्चर्य चकित भएँ । त्यहाँको दृश्य देखेर । जाडो छ । सबै नाङ्गैभुङ्गै । लगाएका कपडा मैलाले चम्केका थिए ।
साँझ पर्यो एक घरमा बास बसेँ । खाना तयार भयो । पानी ल्याएर दिए । हात धोएर बसे खान । थालभरी जङ्गलमा पाइने सिस्नुको खोले पो छ । तै भोक लागेकोले खाएँ । मिठै लाग्यो । अरु थपेँ।
मलाई सिस्नुले मोहनी लगाएछ । अरु दुईतीन दिन त्यही बसेँ । त्यहाँको दयनीय अवस्था हेर्दा लाग्यो सरकारको समृद्धि कहाँ छ ? न स्कुल गएका छन् केटाकेटी पढ्न । न आङ्ममा कपडा छ । न पेटभरि खान पाएका छन् ।
मैले म बसेको घरको पन्ध्र बर्षको ठिटोलाई पढाइ दिने र जागिर लगाई दिने शर्तमा शहर लिएर गएँ । ऊ भन्दै थियो । “सर कति अचम्म । यी गाडीहरु कसरी दौडेका छन् ?” शहरको चहल पहल र ठूला घर देखेर ऊ अझ जिल्ल परि रहेको थियो । दोकानमा एकजोर सिलाएको कपडा किनेर लगाउन दिए । हातमा घडी बाँधी दिए । ऊ त झिल्के पो देखियो ।
काठमाडौ लगेर बिद्यालयमा भर्ना गर्न खोजे । साना भुराभुरीको अगाडि ऊ पढ्न मानेन । उसलाई लाज लाग्यो रे ।उसको चाहना अनुसार एउटा काममा लगाई दिए । दुई महिना पछि ऊ सँग मेरो भेट भयो । ऊ भन्दै थियो ।
“सर यहाँ फालेका कपडा र खानेकुराहरु सबै म बसेको ठाउँमा लान मात्र सके। त्यो ठाउँमा समृद्धि त्यसैले आउने थियो ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

प्रयास

सुमन कडरिया चितवन सागिर्द आँगनमा खेलिरहेको थियो। खेल्दाखेल्दै उसको नजर एउटा सानो कमिलामाथि पर्यो। कमिलाले…

23 hours ago

“बालापनको रक्षा”

घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…

23 hours ago

“शरद ऋतुको आगमन”

मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…

3 days ago

“लाेक बाजा बिनायाे”

इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…

3 days ago

पसिनाको मुल्य

शरद गौतम घोराही १५ हरि, मोहन केशव तथा अरु हरु एकै गाउमा बस्छ्न। गाउँ पनि…

3 days ago

बालबालिका सम्बन्धी ऐन संशोधन विधेयक : डिजिटल हिंसादेखि बाल न्यायसम्म नयाँ व्यवस्था प्रस्ता

काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…

4 days ago