Categories: बाल कथा

सम्मानको परिभाषा


नन्दलाल आचार्य

“ए मास्टर ! मेरो छोरालाई सिर्कानाले किन हानेको ?” कमलबहादुरको कठोर स्वरले बिहानको निस्तब्धता चर्कायो।
मास्टरले शान्त दृष्टिले हेरेर थकित स्वरमा भने; “सिर्कानाले हानेको होइन हजुर, सुध्रिएला कि भनेर सम्झाएको हो।”
तर त्यो वाक्य भित्तामा ठोक्किएको जस्तो भयो- “तँ हजुरबुबा हो र सम्झाउन मेरो छोरालाई ?”
कमलबहादुरको स्वरले शिष्टताको ढोका बन्द गर्यो।
कक्षाकोठाभित्र ‘अनुशासन, सत्य, श्रम’ लेखिएका अक्षरहरू हावासँगै थर्थर काँपिरहेका थिए। बाहिर धुलो उड्दै थियो, ठीक त्यही धुलो जस्तै उनको व्यवहारले सम्मानको अर्थ धमिलो बनाउँदै थियो।
हिजो तिनै कमलबहादुर सरकारी कार्यालयमा हाकिमको ढोका अघि १२ बजेसम्म झुकेर बसेका थिए- “हजुर… मेरो काम हेरेको ?”
अर्दलीले ढोका बन्द गर्दा पनि उनी मौन थिए।
तर आज, स्कूलको ढोका अघि तिनै गर्जिए; “मेरो बच्चालाई छुनु नपर्ने !”
मास्टर मौन भए । अपमानले निथ्रुक्किएको अनुहारमा चकको धुलो अडिएर टल्कियो । कक्षा सकेर निस्किए। कक्षामा त्यो विद्यार्थी चुरोट सल्काउँदै मुस्कुरायो- “अब त मास्टर पनि डराउँछन् नि !”
यद्यपि त्यो मुस्कान, एउटा पुस्ताको हार थियो।
मास्टरको आँखाबाट झरेका दुई थोपा आँसु बोर्डमाथिको ‘अनुशासन’ शब्दमा टप्किए र बिस्तारै बिलाए । कमलबहादुर स्कुल बाहिर निस्कँदै गर्दा शिक्षक लक्षित गरेर बरबराए- “जहाँ डर हुँदैन, त्यहाँ अनुशासन हुँदैन ।”
मास्टर भित्तातिर फर्किए र बाइकको सिसा पुछ्दै सुसेले- “र, जहाँ सम्मान हुँदैन, त्यहाँ अनुशासन पनि टिक्दैन।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बालबालिका सम्बन्धी ऐन संशोधन विधेयक : डिजिटल हिंसादेखि बाल न्यायसम्म नयाँ व्यवस्था प्रस्ता

काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…

22 hours ago

अस्तित्व

चम्पा दिवस राई दक्षिण सुखिम छेवैमा उभिएर ढकमक्क फुलेका गदवारीलाई हेर्दै पारिजातले भन्यो -- "फूलहरुको…

23 hours ago

“सहयोग गरौँ”

शोभा कोइराला सहर छैन उजाड भयो स्थिति कहरमा असरल्ल छ बेथिति विरहनिम्ति सदा जसरी जुटौँ…

23 hours ago

“तीज”

देव भट्टराई हाम्रो प्यारो तीज आयो घुमेर। हाँसौँ खेलौँ कर्मलाई चुमेर ।। साथीसङ्गी नाच्न आओ…

2 days ago

पुरस्कार

सन्दर्भ वालदिवस राजन् कार्की पाजु धरान सुनसरी कौशिला ए, कौशिला ! कहाँ छेस् हँ ?…

2 days ago

उज्ज्वल भविष्य

सुमन कडरिया चितवन विद्यालयको वार्षिक नतिजाको समीक्षा बैठक चलिरहेको थियो। एक शिक्षकले प्रधानाध्यापकसामु भने -…

2 days ago