Categories: बाल कथा

गोलबद्ध


तुलसी पण्डित

हजुरबाबा मैले जन्मदा कुन धर्म अँगालेथे ” बिहानी पख गृहकार्य गर्न लागेकी नातिनीको यो प्रश्नले हजुरबाबा अवाक् हुनु भयो । उहाँले सोच्दै भन्नु भयो।
“नातिनी तिमीले गजवको प्रश्न गर्यौ । किन तिमीले यस्तो प्रश्न सोधेको ?”
“हजुरबाबा मेरो साथीहरू कोही बौद्ध ,कसैले इश्लाम, कोही भने इशाइ र हिन्दु धर्म मान्ने गर्छन् । मलाई ताजुप लाग्छ । मानिसको जात त एउटै हो फेरि धर्ममा विविधता किन ?”
“नानु यो सबैको आआफ्नो संस्कृति हो । परिवारमा कुन धर्म मान्ने गरेको छ बच्चाले पनि त्यही संस्कृति सिक्दै गई त्यही धर्म अँगाल्ने गर्छ ।”
“नाइ हजुरबाबा यस्तो हुन सक्दैन । बच्चाले पेटैबाट धर्म अँगाल्छ होला ?”
“होइन नानु मानिस जन्मदा स्वतन्त्र जन्मन्छ तर ऊ जन्मेपछि समाजको विभिन्न बन्धनमा पर्दै जान्छ ।” “बाबा मलाई यति चेतनसशील प्राणीमा यो धर्ममा आएको विविधता मन परेन । हेर्नुहोस् त धर्मको नाममा लडाइ । कति मानिसले अकालमा ज्यान गुमाए छन् ?”
“त्यै त तिमीले भनेको कुरा पनि ठिकै हो । यहाँ सबै आआफ्नो धर्मलाई ठूलो मान्छन् । अनि आफ्नो धर्म स्थापित गराउन लडाइ गर्छन् ।”
“आखिर यो सबै धर्मको उदेश्य के रहेछ ?”
“नानु आखिर यी सबै धर्मको उदेश्य ठ्याक्कै मिल्छ। मानव सेवालाई सबैले जोड दिएका छन्।”
“कहिले आउला खै यी मानवको सद्वुद्धि जसले मानव सेवा नै मुख्य धर्म हो भन्दै सबै एक गठ हुँदै गोलबद्ध हुने दिन।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

प्रयास

सुमन कडरिया चितवन सागिर्द आँगनमा खेलिरहेको थियो। खेल्दाखेल्दै उसको नजर एउटा सानो कमिलामाथि पर्यो। कमिलाले…

1 day ago

“बालापनको रक्षा”

घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…

1 day ago

“शरद ऋतुको आगमन”

मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…

3 days ago

“लाेक बाजा बिनायाे”

इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…

3 days ago

पसिनाको मुल्य

शरद गौतम घोराही १५ हरि, मोहन केशव तथा अरु हरु एकै गाउमा बस्छ्न। गाउँ पनि…

3 days ago

बालबालिका सम्बन्धी ऐन संशोधन विधेयक : डिजिटल हिंसादेखि बाल न्यायसम्म नयाँ व्यवस्था प्रस्ता

काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…

4 days ago