मोती जयन्तीको संस्मरणमा
शोभा कोइराला
छन्द:- इन्द्रवज्रा
मोती तिमीले पसिना बगायौ
सत्सिर्जनाको गरिमा बचायौ
तिम्रा अनौठा गुण गाउँदै छौँ
सम्मानका पुष्प चढाउँदै छौँ।
विद्वत् सभामा खुब हुन्छ चर्चा
मोती विनाको नत हुन्छ अर्चा
सत्सिर्जनामा मन लाउँदै छौँ
सम्मानका पुष्प चढाउँदै छौँ।
पीयूष मीठो मधुझैँ पिलाई
साहित्यलाई जनमाझ ल्याई
शृङ्गारका काव्य सिकाउँदै छौँ
सम्मानका पुष्प चढाउँदै छौँ।
त्यो दिव्य गङ्गा तनमा मिलाई
उत्साहको दीपक बाल्नलाई
सद्भावनासाथ उदाउँदै छौँ
सम्मानका पुष्प चढाउँदै छौँ।
स्रष्टा विवेकी भवमा बनाइ
साहित्यको फाँट उँचो गराइ
ती सिर्जना आज उठाउँदै छौँ
सम्मानका पुष्प चढाउँदै छौँ।
प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…
धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…
युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…