Categories: बाल कथा

संस्कार

रमेश सुबेदी
ललितपुर – १३, कुसुन्ती

सधैँ हतार हुने म, आज समय निकालेर पिताजीलाई लिएर डिनर गर्न एउटा नाम चलेको होटलमा गएँ । बिशेष दिन भएर हो कि, रेस्टुरेन्टको सबै सिट भरि भराउ थियो । युवा युवती हिः हिः हिः हाँस्दै थिए भने कुनैमा बृद्ध बृद्धा शान्त भएर यताउता हेर्दै थिए । कुनै टेबुल परिवारले रिजर्व गरेर बसेका त कुनैमा जोडी ह्विस्की तान्दै रमाउँदै थिए ।
पिताजीले नाई भन्दा भन्दै आज बाहिरी दुनियाँमा एक्छिन भुलाउन ल्याएको थिएँ । खाना आयो हामी दुबैले खाना खायौँ । पिताजीको हात लरबराउने हुँदा केही खाना लुगा तिर खसे, केही टेबुल तिर पोखिए । सामुन्ने टेवुलमा बसेकाहरु ट्वाल्ल पर्दै घृणीत पाराले हेर्दै यता उता ईसारा गरे । सबै तिर बसेकाहरुले हामीलाई हेरिरहेको मैले महशुस गरि रहेँ ।
मैले टेबुलमा खसेको खाना सबै उठाएर प्लेटमा राखी पिताजीको हात समाएर नजिकैको वासरुम तिर लगेँ । मुख र कपडा तिर लागेको सबै सफा गरेँ, कपाल सरक्क मिलाई चिटिक्क परि दिएँ । बाहिर निस्केर बिल भुक्तान गरि निस्कन लागेको बेला पछिल्लो टेबुलमा बसेका एक बृद्धले बोलाए । सबैको ध्यान हामी तिर आकर्षित भयो ।
ती बृद्धाले भने, बाबु तिमीले यहाँ केही छोडेर गयौ होला ! मैले भने होइन हाम्रो यहाँ केही छुटेको छैन । मेरो जवाफ पछि ती बृद्ध भन्न लागे, धेरै कुरा छोडेर गयौ बाबु, घर घरमा रहनु भएका बृद्धा बा/आमालाई अहिलेको बदलिँदो समाजमा कसैले पनि यसरी बाहिर लिएर हिड्न चाहँदैनन् ।
लुगा मिल्दैन, ढङ्ग मिल्दैन, कुरा मिल्दैन के के हो अनेक बहाना बनाएर घर भित्रै छोडेर आफुहरु मात्र रमाउन आउँछन् । यहीँ धेरै उदाहरणहरु देखिदैछ । जसरी तिमी सानु हुँदा तिमीलाई लिएर हिड्नु भो, तिम्रो स्याहार संभारमा कुनै कमी गर्नु भएन, आज त्यसै गरि तिमीले आफ्नु पिताजीलाई गरेको देख्दा…..भक्कानिँदै बोलि रोकियो….।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

18 hours ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

18 hours ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

18 hours ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

2 days ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

2 days ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

2 days ago