Categories: बाल कथा

सम्मान


टीकाराम जाेशी
टीकापुर

टाेपी विद्यार्थीहरुकाे पोसाकमा गनिन्थ्याे। तर धेरैजसाे विद्यार्थीहरुले टाेपी लगाउँदैनथे। रमेशले भने टाेपी लाउन कहिल्यै छाड्दैन थियाे। रमेशले पहिरिने टाेपी अरुभन्दा बेग्लै देखिन्थ्यो। पाेसाककाे टाेपीकाे सेताे रङ् मिलेपनि बेग्लै देखिनाकाे कारण थियाे त्यस टाेपीकाे उचाई । सिरमाथि थ्याच्च नबसेर पहाडकाे चुचुरो झैँ ठाडाे रहन्थ्याे। त्यस टाेपीले उसलाई अरुभन्दा विशिष्टता प्रदान गरेकाे थियाे।
विद्यालयमा रमेशकाे छुट्टै पहिचान बनेकाे थियो। पढाईमा वा खेलकूदमा अव्वल भने ऊ थिएन। तर शिक्षकहरुले असल विद्यार्थीकाे उदाहरण दिनुपर्दा उसलाई देखाउँथे।
यसले रमेशका साथीहरुकाे मनमा इर्ष्या बढाउने काम गरेकाे थियाे।
“ए ! चुच्चे टाेपी !” प्रकाशले उसलाई जिस्कायाे। उसका साथीहरु गलल्ल हाँसे। रमेशले कुनै प्रतिक्रिया जनाएन।
प्रकाशले पछाडिबाट उसकाे टाेपी खसाल्न खाेज्याे। रमेशले उसलाई छल्याे र टाेपीकाे बिग्रेको बान्की मिलायाे। प्रकाशले रमेशलाई जिस्काएकाे शिक्षकले देखे। उनले त्यहाँ भएका सबै विद्यार्थीहरुलाई आफूनजिक बाेलाए।
“किन जिस्किएकाे रमेशसँग ? “उनले साेधे।
“हामीले लगाउने जस्ताे सेताे रङ्गको भएपनि यसकाे टाेपी अर्कै खाले देखिन्छ।” प्रकाशले भन्याे।
“जहाँ भएपनि नेपालीले आफ्नाे राष्ट्रियताकाे पहिचान गराउनमा गाैरव गर्छन् , बुझ्याै !” शिक्षकले भने। ” बल्ल बुझेँ सर । यसकाे टाेपीले हाम्रो टाेपीकाे रङ्गसित मेलमिलाप गरेपनि आफ्नाे पहिचान छुट्टयाएकाे छ।” प्रकाशले भन्याे।
“साँस्कृतिक भेष-भुषा राष्ट्रियताको पहिचान हाे । हामीले सम्मान गर्नुपर्छ । हाे नि सर ।” सबै विद्यार्थीहरुले एकैस्वरमा भने।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

मध्यरातको त्यो सर्प

इन्दु उपाध्याय विश्वनाथ, असम रातको पौने बाह्र बजेको थियो। घरभरि गहिरो सन्नाटा थियो। सबैजना निद्रामा…

12 hours ago

आइसक्रिमका यादहरू

राजेन्द्र परदेसी हजुरबुबा छतमा बसेर पत्रिका पढिरहनुभएको थियो। त्यही बेला नाति आनन्द उहाँको नजिक आएर…

13 hours ago

“नानी गरिमा”

शरद गौतम हे नानी गरिमा निमोठियौ तिमी बाल्यकालमा जसै इच्छा आकाँक्षा तिम्रा कति थिए उजाडभएनि…

13 hours ago

“घडी”

ह्रदय लेकाली यो घडी साँच्चै अचम्म लाग्दो छ। कहिले अगाडि अगाडि र कहिले ढिलो गरेर…

2 days ago

“क ख रा”

धनराज सिलवाल चितवन क बाट कलम ख खरायो ग बाट गमला घ घडी पढ पढ…

2 days ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो । विएलइको परीक्षा…

2 days ago