पुण्यप्रसाद घिमिरे
बैत्यश्वर-६, दाेलखा
बाबाकाे काँध भर छ,आमाकाे काख न्यानाे छ,
भाेकमा खाना नाना छ,ओतमा घर छानाे छ।
स्याहार सुसार पाएर, संसार चिन्छाैँ हामीले,
दायाँ र वायाँ बाआमा,तातेमा हिड्छाैँ हामीले
सन्तान माैरी घरका, एकता बाँध्ने रानाे छ,
घर नै सिकाई संसार, पुस्तक पानाे पानाे छ।
बाबाकाे काँध भर छ,आमाकाे काख न्यानाे छ,
भाेकमा खाना नाना छ,ओतमा घर छानाे छ।
बचेरा हामी गुँडका, च्याँ च्याँ र चीँ चीँ गर्दछाैँ,
बाबा आमाका आशामा, इन्द्रेनी रङ्ग भर्दछाैँ।
बाबा आमा आँगनीमा, विश्व त सारै सानाे छ,
बाबा र आमा साथमा, रसिलाे फल दानाे छ।
बाबाकाे काँध भर छ,आमाकाे काख न्यानाे छ,
भाेकमा खाना नाना छ,ओतमा घर छानाे छ।
मणिराज भट्टराई गठ्ठाघर, भक्तपुर हुँदैन सन्तानको मायाँ कहिल्यै पनि धेर थोर मैले सम्झिएकै छु तिमीले…
लालबहादुर भुजेल पहिलै पहिलै हिन्दू धर्म संस्कृतिकाे पढाई, गुरूकुलमा हुने गर्थ्याे लेखाई र सिकाई !…
अन्जु शर्मा रातोपुल मूर्तिका आँखाबाट आँसु खसे। उसले ढोकाबाट अवलोकन गर्दै गरेका मूर्तिकारलाई नमन गर्दै…