Categories: कविता

“सरस्वती पूजा”

रामप्रसाद पन्थी
रेसुङ्गा न पा २ गुल्मी

मैले भनेँ बाबालाई सरस्वती पूजा
किन कैले गर्नेहाेला भन्नुहाेस् न बुबा।
माघ शुक्ल पञ्चमीकाे दिन बाबु नानी
सरस्वती पूजा गर्ने हुन्छ भाग्यमानी ।
आज हामी सबै मिली पूजा गर्नु पर्छ
सरस्वती खुसी पारी ज्ञान लिनु पर्छ ।
भन्नुभयाे आमालाई आँगनीमा लिप
छाेरी गई बगैंचाका फल-फूल टिप ।
मन्त्रसाथ पूजा सुरू गर्नुभयाे बाले
सानाे भाइ खुसी हुँदै रमाउन थाले ।
आजै देखि लेख्नु पर्छ अक्षरकाे धर्को
आज जस्तो शुभ दिन छैन अरे अर्काे ।
नाक कान पनि आजै छेड्ने अरे हाम्राे
भन्नुभयाे गहनाले बनाउने राम्राे ।
दुखे पनि नाक कान थिएँ म त मख्ख
झाेला भिरी स्कुलमा जाँदा परेँ चख्ख ।
स्कुलमा खेलाउने कुरा धेरै पाएँ
रमाउँदै बाबासितै घर फर्की आएँ ।
मैले भनें सधैभरि स्कुलमा जान्छु
स्कुलमा भाइ पनि मेरै साथ लान्छु ।
बाबा खुसी हुनुभयाे मेराे कुरा सुन्दा
म नि खुसी भएँ साथी अरू दिन भन्दा ।
मेरा लागि खास भयाे सरस्वती पूजा
अज्ञानता पारिदिन्छु अब धुजा धुजा ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

20 hours ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

21 hours ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

2 days ago

डर

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "मम्मी भोक लाग्यो !"- पप्पुले आमाले पकाइरहेको कुरौनी देखेर भन्यो।"…

2 days ago

सौगात

शिव कुमार रेग्मी पोखराथोक,पाल्पा सुन्दरीको पढाइ धेरै राम्रो थियो। उनले धेरै पढेर आमा-बुवाको नाम राख्न…

4 days ago

“बाल अठोट”

धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…

4 days ago