Categories: बाल कथा

खुलासा

शान्ता शाक्य
धापाखेल ललितपुर

“आमा त्यसो नभन्नुस् न।”
“नभनेर हुन्छ ?आफ्नै आँखाले देखेपछि।”
“तपाईँले जे ठान्नुभयो ,ऊ त्यस्ती छैन क्या।”
‘स्वास्नीको बखान गर्छस् ,सुन्नु छैन तेरो कुरा’ भन्नुहुँदै भन्किएर आफ्नो कोठामा पस्नुभयो। त्यही बेला रमा टुप्लुक्क आइपुगी। लुगै नफुकाली चिया पकाई आमालाई दिन गई।
‘खान्न चियासिया तैँ खा ‘ भनेको सुनेँ।
ऊ आत्तिंदै बाहिर आएर सोधी-
“होइन ,आमाले त्यस्तो व्यवहार कहिल्यै गर्नुहुन्नथ्यो । के भएछ त ?
वास्तविक कुरा भन्नु अघि सत्यता पत्ता लगाउन सोधिहालेँ-
“रमा,आज अफिसबाट यति ढिलो किन?
“अँ,काम सकाउनै पर्ने भएर हो। हतारले ढिलो आउँछु भनेर फोन गर्न पनि भ्याइन। ”
“एक्लै फर्केकी हो ?”
“हो,किन र ?”
“आमाले आफ्नै आँखाले तिमी एक जना युवकसँग बाइकमा आएकी देख्नुभएको रे ”
“अँ,त्यो त हो ।”
“को हो नि त्यो?”
“आ,त्यो त पठाउ बाइकको चालक पो हो त ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“म आमा”

शान्ति सापकोटा तिमी सास मेरा तिमी आस मेरा म आमा भएरै तिमी खास मेरा तिमी…

2 days ago

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…

2 days ago

सुरक्षित ठाउँ

अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…

2 days ago

“भिखारी”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा फाटेको मुटु जतन गरी दुःखले सिलायो मागेर सधैं…

3 days ago

उजाड

नन्दलाल आचार्य गोलबजार-४, सिरहा अँध्यारो कोठाभित्र चित्रकारको हात थरथर काँपिरहेको थियो । यद्यपि झ्याल बाहिरको…

3 days ago

“ढोका”

ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…

3 days ago