Categories: बाल कथा

सहिद दिवस


रम्भा पौडेल

“गोडा फाट । सतर्क । ताली बजाउ । हात माथि । हात तल । दायाँ फर्क । बायाँ फर्क । विद्यालयलाई नमस्ते गर !” मन्चबाट पिटी खेलाउने सरले ठुलो स्वरमा भन्दै जानुभो। सरको निर्देशन अनुसार विद्यार्थीले नियम पालना गर्दैगए।
हेडमिसले अगाडि आएरभन्नुभयो —“नानी बाबुहरु, आज सहिद दिवस हो । आज तिमीहरुको कक्षामा पढाई हुनेछैन। सहिद दिवस किन मनाइन्छ थाहा छ ? तिमीहरुलाई ?”
सबै विद्यार्थीहरुले भने —“थाहा छैन मिस ।”
“त्यसो भए सुन । हाम्रो देशमा प्रजातन्त्र स्थापनाका लागि आफ्नो ज्यान गुमाउने व्यक्ति नै सहिद हुन् । ती सहिदहरुको सम्झनामा आज माघ १६ गतेको दिनलाई सहिद दिवस घोषणा गरिएको छ । यसलाई राष्ट्रिय पर्वको रुपमा मनाइन्छ । आज देशभरि विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइन्छ । प्रधानमन्त्री, मन्त्रीहरु र ठुला मान्यजनहरुले सहिदगेट गएर सहिदको प्रतिमामा माला र पुष्पगुच्छा चढाउने चलन छ ।”
विद्यार्थीहरु शान्तपुर्वक मिसका कुरा सुनिरहे । मिसले भन्दै जानुभो, “आज देशैभरि कतै र्याली त कतै कविता, कतै वक्तृत्वला प्रतियोगिता इत्यादि आयोजनागरिन्छ । सहिदले गरेका कामको सम्झना गरिन्छ र उनीहरुले देखाएको बाटोमा हिड्न पे्ररित गरिन्छ । आज हामी सहिद को सम्झनामा एक मिनट मौन धारण गर्नेछौँ र र्यालीमा सहभागी हुनेछाौँ ।उ पल्लो गाउँबाट अर्को स्कुलको र्याली आउँदैछ । तिमीहरु सबैजना सतर्क भएर लाइनमा उभिउ र मौन धारण गरौँ । ल अब सबैले आँखा चिम्म गरेर मौन धारण शुरु गरौँ।”
एकमिनट सकिएपछि मिसले भन्नुभयो, “सबै जनालाई धन्यवाद ।”
“अब सबै जना लाइनमा लागौँ । सर र म्याडमहरु विद्यार्थीको बीचबीचमा बस्नुहोला।” हेडमिसले भन्नु भयो।
“सबैे विद्यार्थीले आफूले बनाएर ल्याएका प्लेकाडहरु उठाउदै नारा लगाए–
–सहिद को सपना पूरा गरौँ।
–वीर सहिद अमर रहुन।
–सहिद हाम्रा सपना सपना पुरा गर्छौँ।
–जेनजी हामी, तिम्रो साथमा छौँ।
सबैले नारा भन्दा परपरसम्म पहरामा ठोक्कियो । पहराले नारा दोहोर्यायो —सहिद को सपाना पूरा गरौँ पूरा गरौँ, पूरा गरौँ!

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

प्रयास

सुमन कडरिया चितवन सागिर्द आँगनमा खेलिरहेको थियो। खेल्दाखेल्दै उसको नजर एउटा सानो कमिलामाथि पर्यो। कमिलाले…

3 hours ago

“बालापनको रक्षा”

घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…

3 hours ago

“शरद ऋतुको आगमन”

मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…

2 days ago

“लाेक बाजा बिनायाे”

इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…

2 days ago

पसिनाको मुल्य

शरद गौतम घोराही १५ हरि, मोहन केशव तथा अरु हरु एकै गाउमा बस्छ्न। गाउँ पनि…

2 days ago

बालबालिका सम्बन्धी ऐन संशोधन विधेयक : डिजिटल हिंसादेखि बाल न्यायसम्म नयाँ व्यवस्था प्रस्ता

काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…

3 days ago