Categories: कविता

“सानाे शब्द”


पुण्यप्रसाद घिमिरे
बैत्यश्वर- ६,दाेलखा
२०८३/४/२२

दुधका तुर्काे,
तेलकाे थाेपाे,
सुर्तीकाे खिली,
केराकाे काेसाे।

काँचै काेक्याउँछ,
पिँडालु सेलाे
खुकुरीकाे कर्द,
लसुनको बिजुलाे।

निधारमा लाउने,
टीकाकाे टिकी,
खाँदा पिराे हुन्छ,
खाेर्सानीको ढिँडी।

बारीकाे सुर्काे,
खेतकाे आँठाे,
कति मिठाे फल,
ऐँसेलुकाे टाेप्राे।

बल्ने कुरा बाल्छ,
आगाेकाे झिल्काे
धर्तिमुनि फल्ने,
तरूलकाे ठुन्काे।

भाेक मेटाउने,
भातकाे सिताे
जिब्रै रसाउँछ,
अचारको पित्काे।

तिर्खा मेटाउँछ,
पानीकाे थाेपाे,
टपरी गाँसिदिन्छ,
बाँसकाे सिन्काे।

जीउ ढाक्न लाउने,
कपडाकाे धराे
साना शब्द बुझेर,
भाइ दङ्ग पर्याे।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“म आमा”

शान्ति सापकोटा तिमी सास मेरा तिमी आस मेरा म आमा भएरै तिमी खास मेरा तिमी…

1 day ago

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…

1 day ago

सुरक्षित ठाउँ

अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…

1 day ago

“भिखारी”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा फाटेको मुटु जतन गरी दुःखले सिलायो मागेर सधैं…

2 days ago

उजाड

नन्दलाल आचार्य गोलबजार-४, सिरहा अँध्यारो कोठाभित्र चित्रकारको हात थरथर काँपिरहेको थियो । यद्यपि झ्याल बाहिरको…

2 days ago

“ढोका”

ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…

2 days ago