सुरेशकुमार पाण्डे
दाङ घोराही १८
“मम्मी भोक लाग्यो !”- पप्पुले आमाले पकाइरहेको कुरौनी देखेर भन्यो।” एकछिन् पछि म भैँसीलाई दाना दिन्छु अनि भात पकाएर खाउँला।”-टोपलीले छोरालाई सम्झाइन्। ” हस् ” भन्दै नजिकै बिच्छाएको गुन्द्रीमा बस्यो। “बाबु यसलाई न छुनु है ! देवताले कान टाट्छन्।”- टोपलीले अगेनाको नजिकै बसेको आठ वर्षिय पप्पुलाई भनिन् र आफू गोठ तर्फ लागिन। उनले माइतीमा जानको लागि कुरौँनी बनाएकी थिइन। पप्पुलाई कुरौँनी देखेपछि बिछट्टै भोक लागेको महशुस भएको थियो। “आज छुट्टी खेल्न जाने होइन पप्पु ?”- नजिकै छिमेकबाट फुर्शे भित्र पस्दै भन्यो। “आज त हामी मामा घर जाने हेर मम्मीले कुरौँनी पाकाउन भएको छ।”-पप्पुले कुरौँनी तर्फ इसारा गर्दै भन्यो। ” के हालेको यसमा ? कसरी बन्छ ?” – फुर्शेले सोध्यो। “दुधमात्र घोटी घोटी बन्छ यो।”-पप्पुले जानकारी गरायो। उनीहरू दुबै दुई क्लासमा सँगै पढ्छन्। “त्यसो भए त खुब्बै मिठ्ठो होला होइन ?”- फुर्शेले मुख मिठाउँदै सोध्यो। ” तिमीलाई दिने थिएँ तर त्यसलाई छोएपछि देवताले कान काड्दिन्छन् अरे !”- पप्पुले भन्यो। ” कसले भनेको तिमीलाई ?”- फुर्शेले सोध्यो। “मेरो मम्मीले।”- सटिकमा भन्यो। ” त्यसो त मेरो मम्मीले पनि भन्नु हुन्छ तर केहिपनि हुँदैन। त्यो त खान्छन् भनेर डर देखाएको मात्र हो।”- फुर्शेले डर भित्रको बतायो। “होर थोरै खान्छौ ?”- पप्पुले एकचम्चा फुर्शेको हातमा दियो । दुई चम्चा आफैँले निकाल्यो र दुबैजना बाहिर निसकिए। पप्पुले कान छाम्यो तर दुबैका सग्ला थिए। ऊ भित्र पस्यो र फेरी खान थाल्यो। त्यसै बेला टोपली भित्र पसिन। “ओहो ! यो के गरेको तैँले ?”-टोपलीले हकार्न थालिन्। “मलाई सबै थाहा भयो हाम्री मम्मी पनि झुट बल्नु हुँदोरहेछ।”-पप्पुले प्याच भन्यो।
पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…
धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…
रोजिना घिमिरे अन्धकारको यो अनन्त सुरुङभित्र उभिएर म आफ्नै अस्तित्वको ढकढक्याहट सुनिरहेको छु। गुरु, तपाईँले…