“साना हातका चित्रकलामा ठुला सन्देश !”


घनश्याम रेग्मी

नानीहरू चित्र बनाउँदै थिए
धर्सा खिची रङ्ग लगाउँदै थिए
उत्साहका हार्दिक रङ्ग घोलिए
यो देशका सुन्दर मार्ग कोरिए।

रेखा तथा रङ्ग मिलाउँदै
यहाँ इच्छा र आधार खन्याउँदै
त्यहाँ कोर्छन् जहाँ चित्र विचित्रका
कला देखेँ पिकासो हर बालबालिका।

हुन् वृक्ष हाम्रा गतिशील मित्र यी
हावा दिने जीवन धान्न पावनी
दाना दिएका फलफूल सुन्दर
साथी यिनी मानव मात्रका भर।

हाम्रो धरा सुन्दर पार्न घोरिए
यस्तो हवस् भोलि भनेर कोरिए
यी पाठशाला घर गाउँ मन्दिर
पर्या गरौँ हार्दिक चित्रझैँ स्वर।

रोपौँ यहाँ फूल धरा सजाउन
लागौँ सबैले धरती बचाउन
सन्देश राम्रो छ दिने प्रसङ्गले
धर्ती सजाऔँ बिरुवा फलान्नले।

बाटो तथा सत्तल जो बढार्दछन्
फोहोर ती मोहर बन्न सक्तछन्
मान्छे चरा बोट र फूल पातमा
सम्बन्ध उस्तै दिन साँझ रातमा।

यी पाठशाला सब यज्ञका स्थल
खोला र नाला जरुवा सफा जल
हामी बचाऔँ र बचौँ सँगसँगै
हाँसौँ यिनी साथ सबै सँगसँगै।

धर्ती सफा सुन्दर राख्न जानिए
साझा यही बास भनेर ठानिए
अर्को कहाँ स्वर्ग छ खोज्न पर्दछ
यो धारणा सोच बसाल्नु पर्दछ।

खाल्डो खनेँ बोट तिमी लगाउनू
माटो दिएँ तोय तिमी सिँचाउनू
आनन्द सौन्दर्य यहाँ चियाउँछ
नौलो बिहानी तब खुल्न आउँछ।

उद्योग वातावरणीय चाहिने हावा
सफा स्वच्छ सुरम्य पाइने पानी
बचाऔँ सब जीवको भर
धर्ती यही हो सब जीवको घर।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

सौगात

शिव कुमार रेग्मी पोखराथोक,पाल्पा सुन्दरीको पढाइ धेरै राम्रो थियो। उनले धेरै पढेर आमा-बुवाको नाम राख्न…

5 hours ago

“बाल अठोट”

धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…

5 hours ago

शून्यको यात्री र रित्तो सेतो छडीको रोदन

रोजिना घिमिरे अन्धकारको यो अनन्त सुरुङभित्र उभिएर म आफ्नै अस्तित्वको ढकढक्याहट सुनिरहेको छु। गुरु, तपाईँले…

1 day ago

“पुतली”

गणेश आत्रेय मदनपोखरा,पाल्पा फुरफुर पुतलीले नृत्यलीला चलाई। सकल सुमन चाली मोजमा अल्मलाई॥ मधुर सुमन रोजी…

1 day ago

पुलेसो

बिन्दु पाैडेल वस्ती भरतपुर -२, चितवन पहाडको फेदमा सम्म परेको फाँट थियो । खेतीयोग्य जमिन…

1 day ago

मायाप्रेम

शुक्रराज कुँवर धरान १० प्रसव पीडाले रेखा साह छटपटाइरहेकी थिइन्। प्रसुति कक्षमा नर्सहरू आ-आफ्नो जिम्मेवारीमा…

2 days ago