Categories: बाल कथा

सौतेनी आमाको बन्द ढोका


तुलसीराम खरेल
बिर्तामोड झापा

नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। ​नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय बन्द हुन लाग्दा धेरैलाई अनौठो लागेको थियो। आइतबार बिहान विद्यालयमा शान्ति थियो, तर कक्षा १० को कोठामा भने कोचिङ क्लासको चहलपहल थियो। शिक्षकले हाजिरी पुस्तिका पल्टाए। सबैका आँखा ढोकातर्फ सोझिए, जहाँ सधैँ समयमै आइपुग्ने जेहेन्दार छात्रा सुनिताको सिट आज खाली थियो।
​भोलिपल्ट सोमबार, सुनिता कक्षामा त आइन्, तर उनको अनुहारमा सधैँ देखिने त्यो चमक थिएन। आँखा ओभानो भएपनि टिलपिल आँसु लुकेको प्रस्टै देखिन्थ्यो।
​शिक्षकले नम्रतापूर्वक सोधे, “सुनिता, हिजो छुट्टीको दिन तिमीहरुको लागि मात्र भएपनि कोचिङ राखिएको थियो। किन आइनौ ? केही समस्या पर्यो ?”
सुनिताले टाउको निहुराइन्। उनको ओठ काम्यो, तर शब्द निस्किएनन्। धेरैबेरको आग्रहपछि उनले मलिन स्वरमा भनिन्, “सर… बुवा कामको सिलसिलामा बाहिर जानुभएको थियो। घरमा सौतेनी आमाले…” उनले थुक निलिन्, “बिहान ४ बजे नै उठाएर गोबर सोहोर्ने, कुँडो पकाउने र भाँडा माझ्ने सबै काम लगाउनुभयो। मैले बिहान ६:३० बजे ‘अब कोचिङ जान्छु , आएर बाँकी काम गर्छु’ भन्दा पनि उहाँले मान्नुभएन।”
​”काम त सकियो होला नि त ?” एकजना साथीले बीचैमा सोध्यो।
​”काम त मैले ६ बजे नै फत्ते गरिसकेकी थिएँ,” सुनिताको आँखाबाट अन्ततः आँसु खस्यो, “तर, म तयार हुन लाग्दा उहाँले कोठाको ढोका बाहिरबाट थुनिदिनुभयो।
आमाले भन्नुभयो— ‘चढेको गाडी र पढ्न गएकी छोरीको कतै ठेगान हुँदैन। धेरै पढेर ठुली बन्नु पर्दैन।’ म झ्यालको डन्डी समातेर रोइरहेँ, बाटो हेरिरहेँ। तर, निसास्सिएको त्यो कोठाबाट बाहिर निस्कने कुनै उपाय नै थिएन।”
कक्षा कोठामा सन्नाटा छायो। बाहिर घाम चर्किँदै थियो, तर सुनिताको संसारमा भने सौतेनी व्यवहारको एउटा चिसो बादल मडारिइरहेको थियो।
शिक्षकले सुनिताको काँधमा हात राख्दै दृढ स्वरमा भने, “सुनिता, त्यो बन्द कोठाले तिम्रो बाटो सधैँ रोक्न सक्दैन। तिमी खुला आकाश मुनीको स्वतन्त्र चरी बन्नुपर्छ। तिम्रो बुवासँग म आफैँ कुरा गर्नेछु। तिमीले अक्षरहरूसँग नाता गाँसेकी छौ, यो नाता कसैले तोड्न सक्ने छैन।” उनको पुस्तकमा भएका शिक्षकको हातमा आँखाबाट झरेका आँसुका थोपाहरू तप तप खसिरहेका थिए।
शिक्षकले सुनितासँग उनको बुवाको मोबाइल नम्बर मागे अनि तुरुन्तै आफ्नो मोबाइलबाट फोन गरे। उनले भने “विद्यालयले छुट्टीको दिन समेत कोचिङ कक्षा सञ्चालन गरेको छ, छोरीलाई हिजो किन पठाउनु भएन ? आज छोरीलाई राम्रो पढाउँदा भोलि उनले आफ्नो खुट्टामा आफैँ उभिन सक्छिन् होइन ?”
उनले फेरि कडा गरेर भने “छोरीलाई घरमा धेरै काम नलगाई राम्रो पढ्ने वातावरण बनाइदिनुहोला।” शिक्षकले सुनिता तर्फ हेर्दै भने “सौतेनी आमाको बन्द ढोका अब सधैँलाई खुल्छ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

सौगात

शिव कुमार रेग्मी पोखराथोक,पाल्पा सुन्दरीको पढाइ धेरै राम्रो थियो। उनले धेरै पढेर आमा-बुवाको नाम राख्न…

6 hours ago

“बाल अठोट”

धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…

6 hours ago

शून्यको यात्री र रित्तो सेतो छडीको रोदन

रोजिना घिमिरे अन्धकारको यो अनन्त सुरुङभित्र उभिएर म आफ्नै अस्तित्वको ढकढक्याहट सुनिरहेको छु। गुरु, तपाईँले…

1 day ago

“पुतली”

गणेश आत्रेय मदनपोखरा,पाल्पा फुरफुर पुतलीले नृत्यलीला चलाई। सकल सुमन चाली मोजमा अल्मलाई॥ मधुर सुमन रोजी…

1 day ago

पुलेसो

बिन्दु पाैडेल वस्ती भरतपुर -२, चितवन पहाडको फेदमा सम्म परेको फाँट थियो । खेतीयोग्य जमिन…

1 day ago

मायाप्रेम

शुक्रराज कुँवर धरान १० प्रसव पीडाले रेखा साह छटपटाइरहेकी थिइन्। प्रसुति कक्षमा नर्सहरू आ-आफ्नो जिम्मेवारीमा…

2 days ago