धनराज सिलवाल
मेरी सानी चरी
किन मन परी
डुल्छे वरिपरी
मेरी साथी चरी।
रुख्को हागोमा बस्छे
चिर्रबिर्र गर्छे
पालुवाको स्वादले
मख्ख पनि पर्छे।
आमा पनि कता
बाबा पनि कता
चारो खोज्दै आफैँ
डुल्ने पनि आफैँ ।
छैन किन डर ?
आउछौ वरवर
माया गर्छु तिमीलाई
घरमा पाल्छु तिमीलाई।
श्रोतः नेपाली बालसाहित्य
तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…
घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…
अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…
योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…