Categories: कविता

“गुन्द्री”

बिन्दु पौड्याल वस्ती

लामो पराल छॅाटेर
आँगनीमा तान लाउॅदै
हतासोले ठोकेर
आमाले गुन्द्री बनाउॅदै

सानी बहिनी आएर
चकटी खोजिन् रोएर
आमाले काख लिनुभो
बनाउँला भोलि भन्नुभो

दादा हॅास्दै आएर
आफ्नो खाटलाई लानुभो
दिदीलाई भाग नपुग्दा
अर्को बुन्दिन लाग्नुभो

त्रिपाल किन्नु परेन
बाको पैसा जोगियो
गुन्द्री गुन्द्री जोडेर
बिस्कुन पनि सुकाइयो

आमा कति सिपालु
घरेलु उद्योग सुचालु
पैसा पनि जोगियो
सबैको इच्छा पुगी गो

चिसोमा तातो बनाउने
हजुरआमा रमाउने
आफ्नै घरको सामग्री
भित्रबाहिर गराउनी

बाबियो डोरी बनाउॅदै
घरको काम समाउॅदै
चाहिने आसन बनाइयो
वातावरण सफा गराइयो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“धन्यवाद”

पुण्यप्रसाद घिमिरे धन्यवाद धन्यवाद धन्यवाद सबैलाई धन्यवाद हावापानी घामजून सबैलाई धन्यवाद। धन्यवाद बाबा आमा, जन्म…

15 hours ago

विष

सुमन कडरिया चितवन “बुबा ! आज मानिसहरूले साच्चै नै हामीलाई भगवान् मानेर पूजा गर्छन् रे…

15 hours ago

अनुसाशन

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "विरेन्द्र भाइ त्यता कस्तो चलेको छ संगठन् ?"- रामप्रसादले प्रश्न…

2 days ago

सामर्थ्य

सुमन कडरिया चितवन एउटा घना जङ्गलमा एक दिन ठूलो सभा बोलाइयो। विषय थियो- “को चाहिँ…

2 days ago

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

4 days ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

4 days ago