मणि राज भट्टराई
गठ्ठाघर,भक्तपुर
हाल:-न्यूजील्याण्ड

“खाली आफ्नै कुरा हुनु पर्ने। जे जे भन्यो त्यो त्यो पुर्याइदिएर पनि धेर मात्तिएको हो । लेख पढ्मा ध्यानै छैन। छोरो थेत्तरो भैसक्यो सम्झाउनु पर्यो ” भौरीले लोग्नेलाई भनिन्।
“किन के भयो र आमा छोराको आज फेरि ? ” लछुमन नजिकैको पिर्कामा टुसुक्क बस्तै बोल्यो।
“स्कूलबाट आउना साथ खाजा खाजा भनेर करायो। मकै भटमास दिएको त्यो भएन चाउचाउ चाइयो रे। मैले यसो हप्काई दिएको फन्केर हिंड्यो। ” “झमक्कै साँझ परिसक्यो।”
“त्यही त । कता गयो खोज्नु पर्यो ।” चिन्तित हुँदै बोलिन्।
साने आमालाई घुर्की लाउँदै फन्केर बाहिर हिंडेथ्यो । तर जाओस् कहाँ ? एकैछिन् पछि आमाले नदेख्ने गरी सुटुक्क घर भित्र पसेर लुकेको थियो। भोक प्यासले सताउँदै थियो। खाना खाने बेला टर्न लाग्यो। उसको मनमा कुरा खेल्न थाल्यो।” बाले नखोजे पनि आमाले त पक्कै खोज्लिन् । हैन हैन आमासँग झगडै गरेको थिएँ के खोज्लिन् बरु बाले नै खोज्लान् । …रिसाएकी आमाले बालाई कुरा लगाइन् कि..? बा को पनि आश मार्यो । तर आँफुलाई खोजी नै नगरी कसरी निस्कनु ? ” अहम् पलायो।
दराजको कुनाबाट बा आमाको कुरा सुनिसकेपछि उसलाई अलिक सजिलो भयो । असिन पसिन् हुँदै निस्कियो ।” आमा ..! “अलिकति डराए जस्तो गर्दै आमा नजिकै आयो।
“हरे! पसिनाले निथ्रुक्कै भएछ । हैन सानु यसरी भएन अब तिमी ठूलो भै सक्यौ ” आमाले कपाल मुसार्दै बोलिन्।
आमाको मायाँसँग लाडिदै हतार हतार बोल्यो “अब देखि कहिल्यै दुःख दिन्न आमा ! ज्ञानी बन्छु धेरै पढ्छु। “उसलाई खोज्न निस्केका बा पनि आइपुगे।
बा उसलाई हेर्दै केही नबोली भित्र पसे । झन् डरायो। बढ्ता रिसाएको बेला बा यसै गर्थे। यस्तो हेराई भन्दा बरु कुटाई नै जाती हुन्थ्यो जस्तो लाग्यो उसलाई।
अघि आमासँग गरेको प्रतिबद्धता बासँग पनि गर्यो ।
आमाले भात मुछेर ख्वाउन लागिन्।
“म आफैँ खान्छु ।” बोल्यो साने।
“भोलिबाट आफ्नो काम आफैँ गरौँला , लौ मुख आँ गर।”
“हस्” भन्दै मुन्टो हल्लायो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

भैरेको नियति र स्वास्थ्य सेवा

  घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…

1 week ago

टिकाेटालाे

शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…

1 week ago

“नारी महिमा”

शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…

1 week ago

बाल मुज्दुर

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…

1 week ago

“हाम्रो नाति”

गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…

1 week ago

अभियान

राजन् कार्की पाजु धरान सुनसरी बिहान सवेरै एक हुल मानिसहरु हातमा ठुला ठुला अक्षेरमा लेखिएका…

1 week ago