Categories: बाल कथा

क्रिसमस गिफ्ट


लक्ष्मी रिजाल

“के तिमीहरूलाई थाहा छ, सान्ता क्लज आज किन आएनन् ?” शिक्षिका सुनिताले क्रिसमसको बिहानी कक्षामा प्रवेश गर्नेबित्तिकै सोध्नुभयो।
विद्यार्थीहरू अलमल्ल परे । चकलेट र रङ्गीचङ्गी टोपीको प्रतीक्षामा रहेका उनीहरू एकअर्काको मुख ताकातात गर्न थाले । एउटा बालकले भन्यो, “मिस, सायद उहाँको गाडी जाममा फस्यो कि ?”
​सुनिता मुस्कुराउनुभयो । उहाँको अनुहारमा एउटा गहिरो दार्शनिक चमक थियो । उहाँले झोलाबाट एउटा खाली ऐना निकाल्नुभयो र भन्नुभयो, “सान्ता त बुढो भइसक्यो । अब उसले आफ्नो झोला तिमीहरूलाई हस्तान्तरण गरेको छ ।”​”हामीलाई ? तर हामीसँग त दिनलाई केही छैन,” अर्की छात्राले जिज्ञासा राखिन् ।
“छ नि ! तिमीहरूको मुस्कान, कसैलाई गरिने मद्दत र घृणा विरुद्धको प्रेम नै नयाँ युगको उपहार हो,” सुनिताले प्रगतिशील स्वरमा थप्नुभयो, “अन्धविश्वासको रातो लुगामा होइन, मानवताको सेतो मनमा सान्ता खोज ।”
कक्षाको वातावरण गम्भीर बन्यो । विद्यार्थीहरूले भौतिक वस्तुभन्दा माथिको खुसी महसुस गरे ।
अन्त्यमा, बिदा हुने बेला सुनिताले भन्नुभयो, “याद राख बाबुनानी हो, कसैको आँसु पुछ्न सक्ने तिम्रो हात नै यस वर्षको वास्तविक ‘क्रिसमस गिफ्ट’ हो ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

मायाप्रेम

शुक्रराज कुँवर धरान १० प्रसव पीडाले रेखा साह छटपटाइरहेकी थिइन्। प्रसुति कक्षमा नर्सहरू आ-आफ्नो जिम्मेवारीमा…

21 hours ago

एकता

तुलसी पण्डित आमा यता हेर्नू न यी कमिलाहरूको करामत, आमाले दृष्टि पुर्याउनु भयो । त्यहाँ…

21 hours ago

परिणाम

धनसिंह विश्व गेजिंग, पश्चिम सिक्किम त्यही दिनदेखि आर्यनले बुवाको अनुहार हेर्नु त के बोलेकै थिएन।…

2 days ago

-एकत्व

विवेक शर्मा गौतम टोखा-३,काठमाडौं “हजुरबा, त्यो रुख किन रोएको जस्तो देखिन्छ ?” आर्यनले सोध्यो। हजुरबाले…

2 days ago

मोबाइलको छायाँ

इन्दु उपाध्याय हेलेम-मिसामारी,आसाम साँझको समय थियो। रोशन कार्यालयबाट फर्किएपछि सोफामा बसेर मोबाइलमा व्यस्त थियो। सामाजिक…

3 days ago

टोपी

अन्जु शर्मा रातोपुल टोपी हिलाम्मे थियो । हिलाम्मे भएका कारण टोपी कस्को भनेर छुट्टाउन कठिन…

3 days ago