सुरेशकुमार पाण्डे
दाङ घोराही १८

ओहो कति डरलाग्दो अनुहारको कुकुर ल्याउनुभयो दाइ नयाँ नश्लको हजूरले। घरमा पाल्नलाई हो ?- मिनराजले कुकुर डोराएको देखेपछि’ दृघाले सोध्यो।’ हो भाइ घरैको लागि हो ! मिनराजले सटिक उत्तर दिए।’ अलि भर्खरको बच्चा ल्याउंनुपर्ने बरू । यसलाई कति दाम तिरेर ल्याउंनुभयो ? दृघाले मूल्य जान्न खोज्यो।’ सानु छाउरो  भेटिएन भाइ ; यसैलाई दशहजार तिरेर ल्यांएँ कस्तो लाग्यो? मिनराजले प्रतिप्रश्न गर्यो।’

अब के भनौँ इच्छा लागेका पशु पाल्नु राम्रै हो।तर अहिले रेविजको संख्या देशभित्र ह्वात्तै बढेको छ। वर्षमा नौ सय रेविजबाटै मर्नेगर्छन्। १५०भन्दा बढी दैनिकरूपमा कुकुरले टोकेकाहरू अस्पत्ताल पुग्छन् तर त्यो भन्दा दोब्बर त हस्पत्ताल नै आउँदैनन्। बाल बालिकाहरूबाट अलि टाडा राख्नुपर्छ।-दृघाले मिनराजलाई कतिपय वेफाइदा बताउँदै सुझाव दियो।’ बच्चाहरूकै जिद्धीमा ल्याइहालेँ अब देखाजाला।उनैलाई टाडा बस भन्दा मान्दैनन् क्यारे ।-मिनराजले दृघाको सुझावलाई खासै वास्ता गरेन।’ भोलिपल्ट दृघाले मिनराजलाई सानु बच्चा बोकेर अस्पत्ताल दौडेको आफ्नै कौसिबाट देख्यो। हिजै लिएर आएको कुकुरले सानो बाबुलाई टोकेछ बिचरा मिनराज बच्चालाई लिएर अस्पत्ताल जाँदैछ।-हजूर आमाले आगनबाट दृघालाई बताइन्।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

वर्षाको वितन्डा

समर भण्डारी गोलबजार३,जम्दह तीन दिनदेखि अविरल पानी परिरहेको थियो। खोला उर्लियो, घर–आँगन डुबायो। रातभरि गाउँमा…

20 minutes ago

“झरी”

अम्बिका धिताल कालो यो मेघ गड्याङ र गुडुङ गगन ढाकेर पर्यो है झरी यो छातीभरि…

1 day ago

“छोरी”

रेवतीरमण सापकोटा ओदालगढी, असम छोरीहरू मनोरम,कोमल कविता हुन्। छन्द-छन्दमा लयवद्ध प्रयासमा लेखिने शिखरिणी, मालिनी, शालिनी…

1 day ago

“झरी”

केशव नेपाल बलेफी-८, लामोसाँघु ,सिन्धुपाल्चोक “आमा, आज खेत नजानुस्, झरी परेको छ।” “नजाऊँ भने बाख्रा…

2 days ago

परीक्षाको डर

इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…

2 days ago

“म आमा”

शान्ति सापकोटा तिमी सास मेरा तिमी आस मेरा म आमा भएरै तिमी खास मेरा तिमी…

4 days ago