राजु क्षत्री अपुरो
जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए। बेला बेलामा मिटिङ्ग गर्दथे र आ आफ्ना समस्याका समाधान गर्दथे।
यसै क्रममा शिकार गर्न गएको जङ्गलको राजा सिंह एकाएक बेहोस भयो। उसलाई नजिक रहेको अस्पतालमा लगियो। डाक्टरले राजाको शरीरमा रगतको कमी भएको बताउँदै तत्काल रगत उपलब्ध गराउन भने ।सिंहको रगत कसैसँग पनि मेल खाएन। सबै जनावरहरू निराश भए ।
उसैबेला केही राता राता शरीर लिएका जुकाहरू लडिबुडी खेल्दै आए। सिंहका सहयोगीहरूले यथार्थ बताएपछि उनीहरू सबैले आ -आफ्नो शरीरबाट रगत निकालेर दिन तयार भए। जाँच गर्दा सबैको रगतको समूह मिल्न गयो। रगत पाएर सिंह बाँच्यो। सबै खुशीले गदगद् भए । सिंहले तत्कालै कार्यक्रम गरेर सम्मान र पुरस्कार दियो।
जुकाहरूलाई दोहोरो फाइदा मिलेको थियो । तर सिंहलाई त्यो रगत आफ्नै थियो भन्ने हेक्का नै थिएन।
सुमन कडरिया चितवन विद्यालयको ७५ औँ हीरक जयन्ती भव्य रूपमा मनाइँदै थियो। समारोहकै बीच पूर्वविद्यार्थी…
समर भण्डारी गोलबजार३,जम्दह तीन दिनदेखि अविरल पानी परिरहेको थियो। खोला उर्लियो, घर–आँगन डुबायो। रातभरि गाउँमा…
इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…